११ मंसिर २०८३, बिहीबार

उखु किसानहरुको बक्तौता तिर्न सम्बन्धीत निकायको ध्यानाकर्षण

एसीपी संवाददाता

३ पुष २०७७, शुक्रबार १२:५३ मा प्रकाशित

लक्ष्मी थारु एसिपी न्युज ।
चिनी मिलबाट आफूहरूले बिक्री गरेको उखुको मूल्य नपाएको भन्दै काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेको उखु किसानहरुको आन्दोलनमा बिभिन्न दलले ऐकवद्धता जनाएका छन् ।
मंगलबार जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगाएतले काठमाडौको माइतिघरमा पुगेर उखु किसानहरुको आन्दोलनमा ऐकवद्धता जनाएका हुन् । उनीहरुले छिटो भन्दा छिटो उखु किसानहरुको बक्तौता तिर्न पनि सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएका छन् । उखु किसानको सबै बक्यौता रकम तिर्ने गरी गतवर्ष पुस १८ गते भएको चिनी उद्योगीहरुसँगको सम्झौतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जमानी बसेका कारण सरकारबाटै त्यो रकम पाउनुपर्ने उनीहरुको भनाई छ ।सर्लाही उखु किसान संघर्ष समितिले कुनै पनि हालतमा उधारो सम्झौता नहुने र अहिले किसान आफ्नो पैसा लिएर मात्रै फर्किने गरी काठमाडौं केन्द्रीत आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x