मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवाला लाइ बाल संरक्षण तथा मानब बेचबिखनका घटना ब्यबस्थापन तालिम
राजापुर ,१५ जेष्ठ ।
मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवाला लाइ बाल संरक्षण तथा मानब बेचबिखनका घटना ब्यबस्थापन बारे ३ दिने तालिम राजापुरमा सम्पन्न भएको छ ।
राजापुर नगरपालिकाको आयोजना ,प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सुरक्षा परियोजना अन्तर्गत संचालित उक्त तालिममा पालिकाका उप प्रमुख,महिला बालबालिका शाखा प्रमुख , स्वास्थ्य शाखा प्रमुख ,कार्यपालिका सदस्य ,प्र.अ , प्रहरी निरीक्षक लगायतको सक्रिय सहभागिता रहेको थियो ।
मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण बारेमा समितिका सदस्य हरुको क्षमता विकास विकास गर्ने उदेश्यले संचालित तालिमको समापन सत्रको संचालन महिला बाल बालिका शाखा प्रमुख अनिता चौधरीले गर्नु भएको थियो भने सहभागीका तर्फ बाट बोल्दै कार्यपालिका सदस्य लक्ष्मी चंदारो र मानब बेच बिखन नियन्त्रण समितिका सदस्य लोकराज ढुंगानाले तालिम निकै प्रभावकारी भएको र मानब बेच बिखन अन्त्य गर्न सबै सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रमको समापन सत्रमा बोल्दै राजापुर नगरपालिकाका उप प्रमुख मनकला कुमारी चौधरीले मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गएको र यसलाई नियन्त्रण गर्न चुनौती देखिएकाले यसका बिरुद्ध लड्न स्थानीय सरकार ,प्रहरी संघ संस्था ,स्थानीय निगरानी समूह सक्रिय भएर अभियान संचालन गर्ने कुरामा जोड दिनु भएको थियो । बाल संरक्षण ,मानब बेच बिखन नियन्त्रण का लागि पालिकाले योजना बनाएर बजेट बिनियोजन गर्ने कुरामा जोड दिनु भएको थियो भने सामाजिक संघ सस्था हरु पालिकाको समन्वय सहकार्यमा अभियानमुखी काम हरु संचालन भैरहेको बताउनु भयो ।
३ दिने तालिममा बाल अधिकार ,बाल संरक्षण ,बाल बालिका माथि हुने हिंशा तथा रोकथाम , मानब बेचबिखन तथा ओसारपसारको अवधारणा ,यसका कारण ,मानब तस्करी,शोषण,कानुनि प्रावधान घटना ब्यबस्थापन ,सिफारिस संयत्र का बारेमा प्रशिक्षक द्वय युबराज पोख्रेल र निर्मल सुबेदीले सहजीकरण गरेका थिय भने कार्यक्रमको उदेस्य तथा परियोजनाका बारेमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले जानकारी गराउनु भयको थियो ।
तालिममा समूह कार्य मार्फत मानब बेच बिखन नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि ,कर्मचारी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी र संघ संस्थाको दायित्व तथा भूमिका बारे प्रस्तुत गरियको थियो ,कार्यक्रममा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर प्रमिषा थारुको समेत उपस्थिति रहेको थियो । 




