३२ असार २०८३, बिहीबार

मिटरब्याज विरुद्ध किसान-मजदुर आन्दोलन समितिद्वारा जिल्ला प्रशासनमा धर्ना

एसीपी संवाददाता

१७ जेष्ठ २०८२, शुक्रबार १४:२८ मा प्रकाशित

जि नुरैन मुल्तमिस ( साहिल हल्वाई ) जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याज विरुद्ध किसान-मजदुर आन्दोलन पश्चिम कमाण्डको नेतृत्वमा आज धर्ना प्रदर्शन गरिदैछ । मिटरब्याज विरुद्ध किसान-मजदुर आन्दोलन अगुवाहरुलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आफ्नो नेतालाई पक्राउ गरेको जनाएका हुन तर आरोपितहरु बारेमा जिल्ला प्रशासन कार्यालय बाट जानकारी लिई थप समाचार प्रकाशन हुनेछ ।  मिटरब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, पश्चिम कमाण्डका अगुवाहरुलाई हिरासतमा राखेको समितिले आरोप लगाएको छ । समितिले अनिश्चितकालीन विरोध कार्यक्रमको आज देखि जिल्ला प्रशासन कार्यालय बाँकेको प्रगणमा धर्ना प्रदर्शन शुरु गरेको हो । मिटरब्याज पीडित हरुले आज देखी धर्ना सुरु गरेको छन् भने पक्राउ परेको पीडित हरुलाई तत्काल रिहाईको माङ गर्दै प्रदर्शन शुरु गरेका छ्न । मीटरब्याज पीडित समितिला कार्यकर्ता लाई के कति कारणले थुनामा राखेको जानकारी गराउन अनुरोध गरेको छ । प्रदर्शनकारीहरुले मिटर ब्याज पीडितहरुलाई न्याय दिलाउन प्रमुख जिल्ला अधिकारी संग माङ गरिरहेका छ्न । 

3 2 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x