१५ भाद्र २०८३, सोमबार

कृष्णनगरको बसपार्कमा यात्री हरूका लागि निशुल्क खानेपानी

एसीपी संवाददाता

२० जेष्ठ २०८२, सोमबार १८:४२ मा प्रकाशित

अजय मिश्र, कृष्णनगर ,कपिलवस्तु जेठ १९

कपिलवस्तु जिल्लाको कृष्णनगरको बसपार्कमा वडा कार्यालयको सहयोगमा तथा इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरीको समान्वयमा यात्री हरूका लागि निशुल्क खानेपानीको व्यवस्था गरिएको छ।

आज एक कार्यक्रमका बिच भारत बाट आउने श्रद्धालु तथा यात्री हरू लाई तराई मधेशमा चर्को गर्मी बढेकाले निशुल्क खानेपानीको व्यवस्थापन गरिएको जानकारी वडाध्यक्ष कृष्ण कुमार गुप्ताले दिए।

कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक ईश्वर लौडारीले मानवता नै सबै भन्दा ठूलो सेवा रहेकाले यात्री हरुलाई सहजताका लागि वडाध्यक्ष संग पहल गरेको बताउदै नेपाल प्रहरीको नागरिक सहायता कक्ष समेत राखिएकाले यात्री हरूलाई सहज हुने बताए।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले निशुल्क खानेपानी वितरण कार्य सराहनीय रहेको बताउदै आफूहरू बाट हुने सहयोग गर्ने बताए।

निशुल्क खानेपानी उद्घाटन कार्यक्रममा वडा सदस्य नारायण कनोडिया, राहुल मोदनवाल, रेनु शर्मा, वडा सचिव जगदीश प्रसाद यादव, गणेश प्रसाद चौधरी समाजसेवी पप्पू खान, शेखर बर्मा लगायत अन्यको उपस्थित रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x