१५ भाद्र २०८३, सोमबार

‘ग’ वर्गको अपांगता भएकालाई नेपालगन्ज उपमहानगरले गरिदियो स्वास्थ्य बीमा

एसीपी संवाददाता

३ असार २०८२, मंगलवार १०:१३ मा प्रकाशित

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले लुम्बिनी प्रदेशमै पहिलोपटक ‘ग’ बर्गको अपांगता भएका व्यक्तिको नि:शुल्क स्वास्थ्य बीमा गरेको छ । नगरभित्रका १९२ परिवारको नि:शुल्क बीमा गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, कार्यपालिका सदस्य मुजम्मिल हुसेन हलवाई, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख वरिष्ठ महिला विकास अधिकृत पबित्रा कुमारी पुरी, स्वास्थ्य बीमा बोर्डका बाँके जिल्ला संयोजक रमेश आचार्य लगायतले एक कार्यक्रमका बीच बीमितलाई बीमा कार्ड हस्तान्तरण गर्नुभएको छ ।

कार्ड हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले ‘ग’ बर्गको अपांगता भएका व्यक्तिहरुले राज्यबाट पाउनुपर्ने सेवा सुविधा नपाउने भएकाले औषधि उपचारमा सहज होस् भन्ने उद्देश्यले उपमहानगरपालिकाले नै बीमा गरिदिएको बताउनुभयो । उहाँले यो कार्यक्रमलाई निरन्तरता दिने बताउँदै आगामी आर्थिक वर्षमा ‘अल्बिनो’ भएका व्यक्तिहरुको पनि स्वास्थ्य बीमा गर्ने उद्घोष गर्नुभयो । विष्टले नेपालगन्ज उपमहानगरपालिकालाई अपांगमैत्री बनाउन प्रयासरत रहेको बताउनुभयो ।

उपप्रमुख कमरुद्दिन राईले आफूहरुको कार्यकालसम्म बीमा कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य बीमा बोर्डका बाँके जिल्ला संयोजक आचार्यले स्वास्थ्य बीमाबारे बीमितलाई जानकारी गराउनुभएको थियो । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले भदौ १ गतेदेखि लागू हुने गरी ‘ग’ बर्गको अपांगता भएका व्यक्तिहरुको बीमा गरेको महिला विकास अधिकृत आशा कुमारी शाहीले बताउनुभयो । स्वास्थ बीमामा आबद्ध हुनका लागि ५ जनासम्मको परिवारलाई वार्षिक ३५ सय रुपैयाँ शुल्क लाग्दछ ।

५ जना भन्दा बढी सदस्य भएको परिवारमा थप प्रति सदस्यका लागि ७ सय रुपैयाँ भुक्तानी गर्नुपर्छ । ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अति गरिब, अति अशक्त, अपाङगता भएका व्यक्ति एवं कुष्ठरोगी, एमडीआर, टिबी र एचआइभी संक्रमित बिरामी भएका घर परिवारलाई योगदान रकममा पूर्ण छुटको व्यवस्था गरिएको छ । ५ जना परिवारलाई बोर्डले स्वास्थ्य उपचारका लागि वार्षिक १ लाख रुपैयाँसम्म भुक्तानी गर्छ ।

५ जना भन्दा बढी प्रति थप सदस्य वापत सुविधाको थैलीमा २ लाख बढ्दै जान्छ । र, परिवार संख्या अनुसार बढीमा २ लाखसम्मको स्वास्थ्य उपचार पाइन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x