७ आश्विन २०८३, बुधबार

नक्कली नेपाली नोटको बिगबिगी , नेपाल भारत सम्बन्धलाई अघात

एसीपी संवाददाता

५ असार २०८२, बिहीबार १०:१४ मा प्रकाशित

रिसब्ब सिंह वाडिया  –  नेपाल भारत सीमानाकामा बस्ने केही अपरधिक प्राविधिका ब्याक्तीहरुले नेपाली नक्कली नोट छ्पाई सक्कली जस्तो हुने हो भन्दै लाखौं ठगी गरि रहेका छ्न । बिरगंज , बिराटनगर , सुनसरी , सप्तरी , देखि हुदै नवलपरासी रुपन्देही , कैलाली सम्म यो संजाल फैलिएको छ ।

यस्ता खालका गतिविधिमा नलाग्न नेपाल प्रहरीले आग्रह गरेको छ । सिमावर्ती छेत्रका केही भारतिय नागरिक संग  नेपाली नागरिकको सम्लग्नतामा भारतिय सिमा मै नक्कली नोट छाप्ने मेसीन लगाएको झुठो प्राचार गरि सोझासाझा नेपाली जनतालाई ठगी गरि रहेको खुलासा भएको छ । नेपाली नागरिकलाई भारत तिर लागेर सक्कली नोट देखाइ हामीले नै छापेको हो अब तपाईंलाई चाहियो भने यस्तै नोट हामी मेसीन बाट छापेर दिने हो तर त्यसको लागि  २ लाख देखि  ५ लाख सम्मको धरौटीका दिनुपर्छ भनेर फसाउने गरेका हुन । मानिसहरु ५ लाख दिएर १० लाख आउने आशामा यसरी फस्ने गरेका छ्न ।

भारतको बिहार र उत्तर प्रदेशको नाकामा नक्कली नोट दिने बहानामा नेपाली र भारतिय नागरिक मिलेर सोझासाझा नेपाली जनतालाई ठगी गरिरहेको विभिन्न स्थानमा पक्राउ परेका ब्याक्तीहरुले बताएका हुन । नेपाली जनतालाई सिमा पारी भारतीय छेत्रमा लगेर उनिहरुले आफ्नो नक्कली ल्याब समेत देखाउने र पैसा जम्मा गर्न लगाउने गरेका हुन ।

बिरगंज भन्सारमा पक्राउ परेका भारतको बिहार सुपौल बस्ने मोहम्मद सैयद एक उदाहरण मात्र  हुन जस्लाइ नक्कली नोट सहित नेपाल प्रहरीले रंगे हात पक्राउ गरेको थियोे । यस्ता अपराधिक कार्यमा लागेकाहरुलाई भारतिय प्रहरीको सहयोगमा नियन्त्रण गर्नु पर्ने आवश्यकता हो एक जना भारतिय ब्यापारीले बताएका हुन उनले भने यस्ता नक्कली नोटको कारोबारले भारतमा पनि समस्या हुने र हाम्रो भारत नेपाल सम्बन्ध असर पर्छ  । यस्तै चितवनमा एक जना महिलालाई भारतिय नाका बाट नक्कली नोट दिएर नेपाल चलाउनु पठाएको लाई नेपाल प्रहरीले गङा तामाङलाई पक्राउ गरेको थियोे ।

नक्कली नोट हुबहु सक्कली जस्तै हुने प्रालोभन पारी पछि आएर फोटो कपिबाट तयार गरेको नक्कली नोट मात्र दिने गरेको र नेपाली नागरिकहरु फस्ने गरेका हुन ।  बिहार सिमानामा त भारतिय नागरिकहरु नक्कली नोट बोकि आफै नेपाल सिमा प्रवेश गरिरहेको अनेकौं उदाहरण छ्न ।  गत बैशाखमा १७ गते भारतिय नक्कली ५०० को नोट सहित एक भारतिय महिलालाई समेत प्रहरीले पक्राउ गरेको हो ।उनलाई मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्लली नोट सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार अररियाकी १९ वर्षीय सिम्पी बैसन्ति रहेकी छन । यस्ता नक्कली नोट छाप्ने र छ्पाईदिने बहानामा धेरै जसो दुबै देश सोझासाझा जनता मात्र फस्मे गरेका छ्न । उनीहरुलाई सजिलै लूटन सकिन्छ भनेर यस्ता मानिसलाई लक्ष्य बनाएक हुन्छन् ।

भारतको बिहार सिमानाकामा नक्कली नेपाली नोटको ठुलो बिगबिगी रहेको छ । हालै  सर्लाही सदरमुकाम मलंगवाबाट नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ परेका थिए । उनीहरुलाई नेपाल प्रहरीले सर्लाहीको  धनकौल गाउँपालिका–७ बैरियाका ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी, सोही ठाउँकी ३५ वर्षीया सिहानताकुमारी देवी, महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरका ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलियाका ५६ वर्षीय  रामनारायण सहनी रहेका हुन यस्तै समाचार हरेक महिना जसो आउने गरेको छ । नेपाली जनतालाई भारत तर्फ नक्कली नोट भिडाउने गरेको श्रोतले दावी गरेको छ ।

भारतिय प्रहरीको एक्यवद्धता 

यस्ता कार्य रोक्न भारतिय सिमाका एक जना पत्रकार सङै प्रहरीलाई जानकारी दिन जादा उनले भने जो सुकै नेपाली नागरिक हाम्रो पुलिस चौकीमा आएर निवेदन दिएको खण्डमा हामी यस्ता ब्याक्तीलाई तुरुन्त समातेर जेल थुन्छौ । कसैले पनि अपराधीक कार्य व ठगी गरेको पाएमा हामी तुरुन्त एक्सन लिने छौ । अब तपाईंहरुले जानकारी दिनु भयो हामी हाम्रो छेत्रको जिल्ला भरी प्रहरी परिचालन गर्ने छौ पत्रकारलाई नि धन्यवाद छ भन्नू भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x