११ मंसिर २०८३, बिहीबार

(प्रधानमन्त्री कुर्सी खेलको मैदानमा,उखु किसान बेहाल आन्दोलनमा)कहाँ छ सरकार ?

एसीपी संवाददाता

४ पुष २०७७, शनिबार १८:०१ मा प्रकाशित

उखु किसानहरुले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिल मालिकबाट पाउनु पर्ने बक्यौता रकम भुक्तानीको मागसहित साता दिनदेखि आन्दोलनरत उखु किसानले शनिबार पनि प्रदर्शन गरेका हुन् ।

दुई तिहाई बहुमत भएको कम्युनिस्ट सरकारले जनतालाई कस्तो सन्देश दिदै ?


कलाकार विद्यार्थीहरुको कविता वाचनबाट सुरु भएको विरोध र्‍याली माइतीघर मण्डलाबाट बानेश्वर पुगी कोणसभामा परिणत भएको थियो । उखुको लाक्रा (बोट) सहित र्‍यालीमा सहभागी किसानले उखुको भुक्तानी पाउनु पर्ने भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । उखु किसानको आन्दोलनमा विभिन्न संघ–संगठनले ऐक्यबद्धता र र्‍यालीमा साथ दिएका थिए ।किसान आन्दोलनमा दैनिक जसो कलाकार, विभिन्‍न राजनीतिक दलका नेताहरु पुग्ने गरेका छन् । आन्दोलनरत किसानलाई भेट्न शुक्रबार प्रमुख प्रतिपक्षी दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडैल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी पनि माइतीघर पुगेका थिए । ईकान्तिपुरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x