३२ असार २०८३, बिहीबार

भारतका पूर्व उपराष्ट्रपति नायडूसँग रास्वपाका सांसदद्वयको भेट

एसीपी संवाददाता

९ असार २०८२, सोमबार १९:३४ मा प्रकाशित

भारतका पूर्व उपराष्ट्रपति एम. बैंकैया नायडूसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय सोबिता गौतम र हरि ढकालले भेटवार्ता गरेका छन्। शनिबार भारतको कर्नाटक राज्यको बेंग्लुरुमा आयोजित प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा सहभागी हुन पुगेका सांसद गौतम र ढकालले नायडूसँग भेट गरेका हुन्।

भेटका क्रममा भारतमा बसोबास गरिरहेका नेपालीहरूको अवस्था, भोगिरहेका समस्या तथा नेपाल–भारत सम्बन्धका विविध पक्षहरूबारे छलफल भएको जानकारी सांसद गौतमले दिइन्। उनले यस भेटमा पार्टीका मूल विचार, राजनीतिक लक्ष्य र अभियानबारे पनि जानकारी गराइएको बताइन्।

‘यो भेटवार्ता पूर्ण रूपमा अनौपचारिक थियो। उहाँको आत्मीय व्यवहार, अनुभव र विचारप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौं,’ गौतमले भनिन्।उनले यस्ता संवादहरूले क्षेत्रीय सहयोग, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरिन्।

पूर्व उपराष्ट्रपति नायडूलाई भारत सरकारले दोस्रो सर्वोच्च नागरिक सम्मान ‘पद्म विभूषण’ प्रदान गरिसकेको छ। सांसदद्वय गौतम र ढकाल कर्नाटकमा आयोजित पार्टीको सभामा सहभागी भएका थिए। उक्त सभामा उल्लेखनीय संख्यामा समर्थकहरूको उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै सांसद गौतमले आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुनका लागि पार्टीप्रेमी तथा शुभेच्छुकहरूलाई तयारी थाल्न आग्रह गरेकी थिइन्। बुटवलटाइम्स

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x