३२ असार २०८३, बिहीबार

भिजिट भिसा काण्डमा सरकार सक्रिय, वैरागीको नेतृत्वमा छानबिन समिति गठन

एसीपी संवाददाता

१० असार २०८२, मंगलवार ११:३३ मा प्रकाशित

काठमाडौं । लामो समयदेखि विवाद र आलोचनाको घेरामा रहेको भिजिट भिसा प्रकरणबारे अन्ततः सरकारले गम्भीर चासो व्यक्त गर्दै उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको हो।

एक मन्त्रीका अनुसार, समितिलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने म्याद तोकिएको छ। भिजिट भिसाको आडमा अवैध रूपमा ठूलो संख्यामा नेपालीहरू वैदेशिक भूमिमा पुगेको, मध्यस्थकर्ताको संलग्नता र सरकारी संयन्त्रको भूमिकाबारे उठेका गम्भीर प्रश्नको पृष्ठभूमिमा सरकारले यो निर्णय लिएको हो।

यसअघि विषयलाई सामान्य प्रशासनिक प्रक्रिया ठानिएको सरकारको रवैयामा आएको यो परिवर्तनले अब उच्चस्तरीय तहमा जिम्मेवारीको खोजी हुने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x