नीलखबर अनलाइनको औपचारिक उदघाटन समारोह सम्पन्न
नील खबर अन्लाईन मिडिया प्रा. लि. ले शनिबार औपचारिक कार्यक्रम बिच नील खबर बिधिगत रुपमा उद्घाटन गरेको छ ।
नील खबर अन्लाईनले उद्घाटन समारोह तथा ग्रामीण क्षेत्रमा अन्लाईन पत्रकारिताको भुमिका विषयक अन्तरक्रियाको आयोजना गरि मिडियाको उद्घाटन समेत गरेको हो ।
ब्यानर खोलेर र पानसमा बत्ती बालेर बिधिबत रुपमा प्रमुख अतिथि पुर्व राज्य मन्त्री तथा भुमी आयोगका केन्द्रिय सदस्य दिनेश चन्द्र यादवले कार्यक्रमको शुभ उद्घाटन गर्नु भएको हो । उहाँले नील खबर अन्लाईन मिडियाका सम्पुर्ण टिमलाई बधाई दिदै उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भएको हो । कलिलो उमेरमा कठिनाईका बाबजुद पनि औपचारिक रुपमा अन्लाईनको उद्घाटन गर्न पाउदा आज मलाई अत्यन्तै खुसी महसुस भएको छ र मलाई पनि गर्व भइ रहेको बताउँनुभयो । उहाँले भन्नू भयो कम्पनीका प्रबन्धक पाठक दुई पटक राजधानी आएर मलाई समेत भेटनु भएको थियो । उहाँले बाँकेका सम्पुर्ण पत्रकारहरुलाई निवेदन गर्दै भन्नू भयो, “अग्रजहरुको कर्तव्य सानो वा कम अनुभव भएकालाई सल्लाह सुझाव दिदै पत्रकारितालाई संरक्षण गर्नु पनि दायित्व हो । कसैको सफलतालाई ईष्र्याको रुप दिनु हुँदै । किन भने पत्रकारितामा १५ वर्षको अनुभव भएकालाई पनि कम उमेरहरुबाट पनि कतिपय सिक्ने कुरा पनि हुन्छन् । सिक्ने सिकाउने क्रम सधै जारी नै राख्नु पर्दछ ।
शनिबार पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले रिवन काटेर कार्यालयको उद्घाटन गर्नु भएको छ । उहाँले भन्नु भयो, “हाल सूचना तथा प्रसारण बिभागको तथ्यांक अनुसार दिनहुँ करिब पाँच भन्दा बढी अन्लाईन दर्ता हुने क्रम जारी छ । हात हातमा अन्लाईन छन । त्यस्तै पाठकहरुको अन्लाईन माथीको बिश्वासनियता घट्दो छ । हाल पाठकहरु समेत प्रतिक्रिया दिन थाली सकेको बताउनुभयो ।
पत्रकार महासंघका केन्द्रिय सदस्य मधु साहीले कार्यक्रमको दोश्रो सेसन ग्रामीण क्षेत्रमा अन्लाईन पत्रकारिताको महत्व विषयक अन्तरक्रियामा सुचना तथा प्रसारण बिभागको तथ्यांक अनुसार बढदो अन्लाईन प्रती घट्दो बिश्वासनियतामा केन्द्रिय भएर उहाँले आफ्नो मन्तव्य सहित टिमलाई बधाईका साथ सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै बरिस्ठ पत्रकार तथा पत्रकार महासंघका पुर्व अध्यक्ष झलक गैरेले सम्पुर्ण टिमलाई बधाई सहित आफ्नो आशिर्वाद दिदै उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । वास्तविक पत्रकारिता गर्ने चाह्ने जुझारु पत्रकारहरुलाई झनै प्रोत्साहन गरि अगाडि बढन मद्दत गर्ने हाम्रो भूमिका र दायित्व समेत रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा ग्रामीण क्षेत्रको बिषयमा बोल्दै पत्रकार मधु पौडेलले भने, “म आफू स्वयंम कक्षा एक देखि पढाएको अजय पाठकलाई आज यहाँ सम्म पुगेको हेर्दा मलाई पनि आफ्नो विद्यार्थी माथी गर्व भएको महसुस भएको छ । म आफू पनि पत्रकार क्षेत्रमा आबद्ध भएको हुँदा पत्रकारिता क्षेत्रमा सुरुवाती चरणको पिडा कस्तो हुन्छ भन्ने महसुस गर्न सक्छु।” हामी सबै पत्रकार जगतलाई पत्रकारितालाई जोगाउन र संरक्षण गर्न निम्ति नयाँ पुस्तालाई समेत अवसर प्रदान गर्नु पर्छ, उहाँले बताउनुभयो ।
कार्यक्रममा पत्रकार, जनप्रतिनिधि लगाउतको बिच भएको ग्रामीण क्षेत्रमा अन्लाईन पत्रकारिताको भुमिका विषयक अन्तरक्रियामा सबै जना सहभागीहरुले ग्रामीण क्षेत्रका केही शिर्षकहरुमा आआफ्ना तर्क, सुझाव, अपेक्षा समेत राख्नुभएको थियो ।
उक्त उद्घाटन समारोह तथा ग्रामीण क्षेत्रमा अन्लाईन पत्रकारिताको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तथा प्रबन्धक अजय पाठकको सभापतित्वमा प्रमुख अतिथि पुर्व राज्य मन्त्री तथा भुमी आयोगका केन्द्रिय सदस्य दिनेश चन्द्र यादव, विशिष्ट अतिथि प्रबन्धक पाठकका हजुरबुबा भगौती प्रसाद पाठक र समाचार संयोजक संगीता पाठकका हजुरबुबा गौरी प्रसाद पाठक, अतिथिमा नेकपाका सदस्य निरक गुरुङ, कांग्रेस बाँकेका सभापति किरण कोइराला, नेकपाका सचिवालय सदस्य कप्तान पाठक, IHRC का अध्यक्ष तथा अधिवक्ता बिश्वजित तिवारी, नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, बाँकेका बरिस्ठ पत्रकार झलक गैरे, पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कन्तिपुर अन्लाईनमा कार्यरत पत्रकार मधु शाही, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, सगरमाथा टिभीमा कार्यरत पत्रकार मधु पौडेल, थारु पत्रकार संगठनका अध्यक्ष भगतराम थारु, राष्ट्रिय दलित पत्रकार महासंघको अध्यक्ष रुपा गहतराज, पत्रकार बिक्रम बुढाक्षेत्रि, एटियम न्युजका असोक थापा मगर, लगायतको उपस्तिथिमा उद्घाटन समारोह तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
नील खबरका सम्पादक अवनिश पाठक, सम्बादाता संगीता पाठक (सन्ध्या) हुनुहुन्छ । हाल नील खबर लुम्बिनी प्रदेशमा केन्द्रिय कार्यालय हुँदै, गण्डकी प्रदेश, कर्णाली प्रदेश, कपिलवस्तु, नवलपरासी, लगायतको जिल्लामा समेत बिस्तार गरि सकेको छ । नील खबर अन्लाईन कर्णाली प्रदेशका समाचार प्रमुख हरि चन्द्र आचार्य, गण्डकी प्रदेशका समाचार प्रमुख पुष्कर खडका, कपिलवस्तुबाट कार्यालय प्रमुख सुरेश कुमार पाण्डे, सम्बादाता प्रभुनाथ गुप्ता, सम्बादाता इमरान हुसेन, नवलपरासी जिल्लाबाट संजय कुशवाहा हुनु हुन्छ ।
नील खबर मल्टिमिडियाको भिडमा हराउन या भिडको पछि लाग्न होइन, सञ्चार माध्यमको आदर्श, मूल्य र मान्यता बोक्दै नागरिक तथा वैयक्तिक स्वतन्त्रता, सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा अडिने प्रणका साथ अस्तित्वमा आएको हो, नाईल खबर कुनै राजनीतिक दल या दलीय संकिर्णता संग आवद्ध छैन । यो सञ्चार गृह वस्तुनिष्ठ प्रस्तुति र सबै खाले बिचारको साझ मञ्च हो जहाँ निषेधको नीति र बैचारिक असहिष्णुताको कुनै स्थान पाउने छैन” प्रबन्धक तथा अध्यक्ष पाठकको सुरुवात देखि कै मान्यता रहेको छ ।


