१५ भाद्र २०८३, सोमबार

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो – रास्ट्रपति पौडेल

एसीपी संवाददाता

१८ असार २०८२, बुधबार २३:११ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको  बताउदै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताएका छन् ।

बुधबार प्रदेश प्रमुखहरूसँग शीतल निवासमा भेट गर्दै राष्ट्रपति पौडेलले प्रदेशहरू सुदृढ भए मात्र यो व्यवस्था सुदृढ हुने बताएका हुन् ।

उनले भने– ‘प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाटै यो संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ ।’
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x