१५ भाद्र २०८३, सोमबार

उपराष्ट्रपति यादव अमेरिकाको स्वतन्त्रता दिवस समारोहमा सहभागी

एसीपी संवाददाता

१८ असार २०८२, बुधबार २३:२० मा प्रकाशित

काठमाडौं– नेपालस्थित संयुक्त राज्य अमेरिकाको दूतावासले २४९औँ स्वतन्त्रता दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको स्वागत समारोहमा सम्माननीय उपराष्ट्रपति  रामसहाय प्रसाद यादवको गरिमामय सहभागिता रह्यो।
उक्त अवसरमा उपराष्ट्रपतिले अमेरिकी महामहिम राजदूत डीन आर. थम्प्सनमार्फत अमेरिकी सरकार तथा जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो।
उहाँले लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।
नेपाल र अमेरिकाबीचको सद्भावपूर्ण एवं सुमधुर सम्बन्धलाई अझ मजबुत तुल्याउने अवसर यस समारोहमार्फत प्राप्त भएको विश्वास समेत उहाँले व्यक्त गर्नुभयो। तस्बिर राधेश्याम बिश्वकर्मा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x