४ असार २०८३, बिहीबार

मोटरसाइकिल दुर्घटनामा परि गम्भीर घाइते गुप्ताको निधन

एसीपी संवाददाता

१९ असार २०८२, बिहीबार १०:३१ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु, अषाढ १८

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मड्हा स्थित कृष्णनगर बाट सरफर जादै गरेको मोटरसाइकिल र विपरीत दिशा बाट आउदै गरेका साइकलक यात्री बिच एक आपसमा अषाढ ९ गते दुर्घटना मा परि गम्भीर घाइते भएका साइकल यात्री लक्ष्मी प्रसाद गुप्ताको उपचारको क्रममा निधन भएको छ।

अषाढ ९ गते २१;५० बजे जिल्ला कपिलवस्तु कृष्णनगर न.पा.१ मडहा स्थित कृष्णनगर गणेशपुर भित्री सडक खण्डमा कृष्णनगर देखि सरफर जादै गरेको लु १० प ९५५३ नं.को मोटरसाइकलले विपरीत दिशा बाट आउदै गरेको साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्री कृष्णनगर नगरपालिका वडा नं १ मडहा बस्ने बर्ष ६५ का लक्ष्मी प्रसाद गुप्ताको टाउको,दाया कान पछाडी चोट लागेको थियो।
मो.सा.चालक कृष्णनगर नगरपालिका वडा नं ११ सरफर बस्ने बर्ष ४३ को भुपाल चौधरीको दुबै हातमा,टाउकोमा चोट अवस्था मध्यम रहेकाेमा दुबै घाईतेलाई उपचारको लागी शिवराज अस्पताल बहादुरगंज कपिलवस्तु पठाएको थियाे। मो.सा.,साईकल इ.प्र.का.कृष्णनगर कपिलवस्तुको नियन्त्रणमा रहेको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।
मोटरसाइकल चालकको बुटवल उपचार भइरहेको र साइकल यात्री गुप्ताको उपचारको क्रममा निधन भएको तथा शव शिवराज अस्पताल बहादुरगंजमा पोस्टमार्टम भइ
निजको श्रीमती लाई जिम्मा लगाइएको जानकारी प्रहरी निरिक्षक ईश्वर लौडारीले दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x