१५ भाद्र २०८३, सोमबार

भारत लैजाँदै गरिएका ३ बालिकाको उद्दार, भारतीयसहित चार पक्राउ

एसीपी संवाददाता

१९ असार २०८२, बिहीबार १०:४० मा प्रकाशित

रुपन्देहीको सीमानाकाबाट तीन जना बालिकाहरुको उद्दार गरिएको छ । साथै, घटनामा संग्लन आरोपमा तीनजना भारतीय नागरिकसहित चार जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदह नाकाबाट ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा बालिकाहरुको उद्दार गरी घटनामा संग्लन देखिएका चार जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताएका छन।
उनका अनुसार पक्राउ पर्नेहरुमा भारतको गोरखपुर जिल्ला कम्पियरगंजको कुवर बलुवाका ३८ वर्षीया गीता गौड, सोही स्थानको १९ वर्षीया नेहा पाण्डेय, सोही क्षेत्रको कुवर बन्दोहका २६ वर्षीय प्रमोद कुमार धोबी र रुपन्देही जिल्ला गैडहवा गाउँपालिका ६ का १९ वर्षीया निर्मला लोध रहेका छन् ।
नाकाबाट शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोली बालिकाहरुको उद्दार गरेको हो ।
मानव बेचबिखन तथा ओसारपसार घटनामा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। सिधार्थअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x