याे हाे हाम्राे समुदाय..!!! अहिलेेसम्म पनि यस्ता मानिस पनि छन् ।
तल काे चित्र १ शिवराज न पा कपिलवस्तु र चित्र नं २ कान्तिताल नेपालगंज । सन्दर्भ हाे त्यहाँ लगाइएकाे रेलिङ र त्यसकाे चाेरी !

दुनियादारी एकतर्फ छ… राजमार्ग र अन्य स्थानमा लागेका रेलिङहरु मा लागेका फलाम का पाइप चाेरेर गायब पार्ने अर्काे तर्फ !!!
याे हाे हाम्राे समुदाय..!!! अहिलेेसम्म पनि यस्ता मानिस पनि छन् ।
२१ औं शताब्दि.. संसार AI काे युग मा छ तर केही युवाहरु रेलिंगका पाइप चाेरेर वेच्छन ।
के याे तिनिहरुकाे बाध्यता हाे ??? वा सजिलाे गरि पैसा बनाउने???
किन यस्ताे भयाे ?? के कारण हाेला यि युवाहरु यस्ताे गर्न हिम्मत गरे ?? समातिए भने त जान्छन त !!! के लागु पदार्थकाे दुष्परिणाम हाे याे अवस्था ??
मलाइ त लाग्दैन कि युवाहरु काे पुरै दाेष हाे याे ! “मरता क्या न करता” वाला कथन काे शिकार हुन यि युवाहरु (चाेरि गर्न प्राेत्साहन गरेकाे हाेइन है, तिनिहरुकाे मानसिक अवस्था ,लत काे तलतल ले जे पनि गर्न बाध्य पारिएकाहरु भन्न खाेजिएकाे हाे) !!!
लागु पदार्थकाे प्रयाेग कसरी बढ्दै गएकाे छ संख्या ले वेला वेला मा दर्शाउने गर्छ ।
कारणहरु मा (मलाइ लाग्छ):
-वेराेजगारी
– प्राथमिक स्तरमा पढ्दै गरेका बालबालिका प्रति अभिभावक ले दिनु पर्ने ध्यान,
– लागुपदार्थ काे व्यापार र सेवन का राेकथाम मा वेवास्ता (सुरक्षा निकाय काे ठूलाे कमजाेरी)
– पालिका (स्थानिय सरकार) लाइ आफ्नै राजनिति मात्र ध्यान (युवा स्वराेजगार तर्फ कुनै मतलब नै छैन, चाहेमा जे पनि गर्न सक्ने स्थानिय तह सडक र कुलाे बनाउने मै दंङ्ग
“केही राम्राे पालिकाहरु पनि छन ” सवैमा लागु हुँदैन ) यस्तै कारणहरु छन माथिका घटना का सहि जिम्मेदार हरु ।
(व्यक्तिगत विचार मात्र हाे) मन पाेल्छ याे सव देखेर तर फेसबुक मै लेखेर पनि भएपनि केेही शान्ति भने अनुभुति हुन्छ ।


