खानेपानीको समस्या समाधानका लागि वीरगंज महानगर प्रमुख सिंह अध्यक्षतामा सर्वदलीय बैठक
वीरगंज महानगरपालिकामा देखिएको खानेपानीको गम्भीर समस्या समाधानका लागि आज वीरगंज महानगर प्रमुख राजेशमान सिंह अध्यक्षतामा सर्वदलीय बैठक सम्पन्न भएको छ।
बैठकमा पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सक्रिय सहभागिता रह्यो।
बैठकमा मैले वीरगंज सहित सम्पूर्ण तराई–मधेस क्षेत्रको खानेपानी समस्या समाधान गर्न स्थानीय तहसँग सहकार्य, स्रोतको प्रभावकारी परिचालन, तथा दीर्घकालीन योजना र रणनीति निर्माणमा निरन्तर पहल भइरहेको जानकारी गराएको छु।
पर्सा–१ बाट प्रतिनिधिसभा सदस्य तथा खानेपानी मन्त्रीको हैसियतले, मैले वीरगंजको खानेपानी समस्या छिटो समाधान गर्न तुरुन्त कदम चालिने र दीर्घकालीन रूपमा स्थायी समाधान सुनिश्चित गरिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छु।
मैले यस समस्याको समाधानमा सबै क्षेत्र र पक्षहरूको सहकार्य, हातेमालो, र एकता आवश्यक रहेको भन्दै सहयोगको आग्रह पनि गरेको छु


