अनुशाशन समीति भित्रको शाशन
२८ असार , ओम आचार्य
नेपाली काग्रेसमा अहिले अनुशाशन समीतिले गरेको कार्वाहीलाइ लिएर काग्रेस भित्र असन्तुष्टी बडेको छ !कार्वाहीमा परेकाहरु पनि डा. शेखर समुहमा आवध्द नेताहरु छन ! काग्रेसको विधानत कार्वाही गर्नु पर्ने समयावधी नाघेर गरिएको कर्वाहीलाइ प्रतिसोध र द्वैषपुर्ण ठहर सस्थापन इतरले गरेको छ ।
- सभापति र महामन्त्रीहरुको सहमति विपरित गररिएको अनुशाशन समीतिको यो निर्णयलाइ अनुशाशन समीतिको भित्रको शाशनको निर्णय रुपमा लिइएको छ ।
अनुशाशन सीतिको यो शाशनले संगठनलाइ कमजोर पार्नेछ !शाशनले नियम वनाउने यौटा पध्दती र प्रकृया लागु गर्ने संगठनलाइ चुस्त र दुरुस्त राख्ने गर्नु पर्दछ र त्यही अनुसार निर्णय गर्नु पर्छ !अनुशाशन भित्रको यो शाशन ले काग्रेसको उध्देश्य र लक्ष्य प्राप्ती हुदैन यस्ले संगठन भित्र आपसमा दुरी र द्देष बढाउछ ! यस्ले नेता र कार्यकर्ताविच सदभाव राख्दैन र आवस्यक्ता पनि सम्बोधन गर्दैन ।
अहिले काग्रेस एक ढिक्का हुनु पर्ने र २०८४ को मिशन लाइ मध्यनजर गरेर काग्रेस अगाडी बढनु पर्नेमा विधमान अवस्थामा अनुशाशन समीतिको कार्वाहीले काग्रेस झस्किएको भएको छ।
डा. शेखर कोइरालाको सचीवालयमा वसेको बैठकले कर्वाही निर्णयलाइ घोर आपत्तिजनक जनाउदै सभापतिमा निर्णय सच्याउन अनुरोध गर्ने । निर्णयको विरुध्द राजनितिक रुपमा प्रतिवाद गर्नै निर्णय भएको छ ।
एमालेको शैलिमा चलाउन खोजिएको आसंका सस्थापन इतर काग्रेस सचिवालयले गरेको छ । अहिले गठवन्धनको सरकार छ । काग्रेससंग एमालेको गठवन्धन नभएर एमाले संग काग्रेसको गठवन्धन भएको अर्थ डा. शेखर कोइरालाको सचिवालयले लगाएको छ । एमाले संग गरेको गठवन्धनले एमालेको रंग काग्रेसमा सर्दै गएको छ । रुप पनि हेर्दा एमाले जस्तै देखिनु र चरित्र पनि अहिलेको अनुशाशन समीतिको कर्वीहीले एमालेको चरित्र काग्रेसले बोक्दै गएको हो की ? यसरि हेर्दा मनन गर्दा काग्रेसको रंग रुप र चरित्र अहिले परिवर्तित हुदैगएको भन्नु पर्ने भएको छ !तै भएर अहिले सस्थापन इतर मात्रै हैन काग्रेस पदाधिकारी भित्रै पनि यो गठवन्ऱ्धन तुरुन्त फेर्नु पर्ने तर्फ औला देखाउदै छन ।
अनुशाशन समीति कति अनुशासित
अनुशाशन समीतिका सदस्यहरु प्रथमत आफै अनुशाशित मर्यादित हुनु पर्छ ।समीतिका सदस्यहरुले न कसै प्रति मोह न कसै प्रति विद्वेश पनि राख्नु हुदैन ! न त दवाबमा न त प्रभावमा पनि पर्नु हुदैन ! अनुशान मा रहन नैतिकवान हुनु जरुरी छ ! तब मात्र समीतिले गरेका निर्णयले संगठनलाइ मार्गनिर्देशन दिन्छ ! लक्ष्य र उदेश्य प्राप्त गर्छ !अन्यथा भाडभैलो सुर्जना गर्छ ! पाटी या संगठन भित्र अराजकता निमत्याउछ र संगठन कमजोर वनाउछ । अहिलेको अनुशाशन समीति विधी र प्रकृया बाट हटेको छ , मापदण्ड वनाएर निर्णय गरिएको छैन । दवाब र प्रभाव मोह र द्वेष पुर्ण निर्णय भएको ठहर संस्थापन इतरको छ । यस्तो निर्णयलै संगठन भित्र द्वन्द निमत्याउछ । समयमै सच्याउनु संगठनकोलागी हितकर देखिन्छ ।


