१५ भाद्र २०८३, सोमबार

मन्त्री अग्रवालद्वारा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्ज रंगशालाको सोमवार अवलोकन

एसीपी संवाददाता

३१ असार २०८२, मंगलवार १७:४३ मा प्रकाशित

नेपालगन्ज असार ३१- लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री आदेश कुमार अग्रवालले साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्ज रंगशालाको सोमवार अवलोकन गर्नु भएको छ।
उक्त अवसरमा मन्त्री अग्रवालले रंगशाला परिसरमा रहेको अन्य संरचना समेतको अवलोकन निरीक्षण गर्नुभयो । सो क्रममा मन्त्री अग्रवालले रंगशाला परिसरमा रहेको कबर्ड हल, स्विमिङ पुल, शुटिङ रेन्ज लगायतको निरीक्षण गरि अवस्थाको बारेमा जानकारी लिनुभयो ।
क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले हालसम्म सम्पन्न पूर्वाधार निर्माण कार्यहरूको जानकारी गराउँदै भौतिक संरचनाको संरक्षण तथा थप विकासका लागि प्रदेश सरकारबाट सहयोगको आग्रह गर्नुभयो।
त्यस्तै स्थानीय खेलकर्मी एवं समाजसेवी फरमान अली सिद्दीकी (सोनु सिद्दीकी) ले बाँकेमा रहेका खेलकुदका भौतिक संरचनाहरुको संरक्षण गर्न तथा यस जिल्लाको खेलाडी तथा खेलकुदको बिकासमा सहयोग गर्न मन्त्री अग्रवाललाई आग्रह गर्नुभयो।
अवलोकनपछि आर्थिक मामिला तथा कानुनमन्त्री अग्रवालले खेलकुद क्षेत्रको भौतिक पूर्वाधारको विकास र खेलाडीहरुको समस्याको लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपालगन्ज रंगशालाको विकासले केवल खेल क्षेत्रको मात्र होइन, सम्पूर्ण प्रदेशको युवा क्षमताको उत्थानमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x