१५ भाद्र २०८३, सोमबार

मन्त्री अधिकारीको नाम जोडिएको नियुक्ति सम्बन्धी प्रचार भ्रामक – निजी सचिवालयको स्पष्टीकरण

एसीपी संवाददाता

२ श्रावण २०८२, बिहीबार २१:१८ मा प्रकाशित

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नाम जोडेर सार्वजनिक रूपमा फैलिएको नियुक्तिसम्बन्धी समाचारलाई निजी सचिवालयले गम्भीर ध्यानाकर्षण गर्दै खण्डन गरेको छ।

निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा हालै केही सञ्चार माध्यममा आएको जिल्ला समिति अध्यक्ष नियुक्तिमा मन्त्रीको संलग्नता भन्ने आशयको समाचार पूर्णतः भ्रामक, असत्य र तथ्यविहीन भएको स्पष्ट गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, जिल्ला समिति अध्यक्ष नियुक्तिको प्रक्रिया कानुनअनुसार सिफारिस, योग्यताको मूल्यांकन र सम्बन्धित निकायको निर्णयबाट हुने व्यवस्था छ। मन्त्रीज्यूको प्रत्यक्ष संलग्नता र निर्देशनमा कुनै नियुक्ति गरिएको छैन भन्ने कुरा स्पष्ट छ।

त्यसैगरी, सो प्रसंगमा प्रयोग भएका केही अडियो क्लिपहरूलाई पनि अमर्यादित, अपुष्ट र बदनाम गर्ने नियतसहित प्रसारण गरिएको भन्दै सचिवालयले गम्भीर आपत्ति जनाएको छ।

अशुद्ध, उद्देश्यप्रेरित र भ्रम फैलाउने सामग्रीको भरमा मन्त्रीज्यूको छवि बिगार्ने प्रयास अत्यन्त निन्दनीय छ,विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै सचिवालयले यस्ता गलत समाचार प्रकाशन र प्रचारप्रति सम्बन्धित सञ्चारकर्मी, सञ्चारमाध्यम र नागरिकहरूलाई संयमित, सत्यतथ्यमा आधारित सूचनाको प्रयोग गर्न आग्रह गरेको छ।

भूमि तथा सहकारी क्षेत्र सुधारका महत्त्वपूर्ण कार्यहरू अघि बढिरहेको बेला यस्ता हल्लाले लक्ष्य प्राप्तिमा अवरोध मात्रै पुर्‍याउँछ, विज्ञप्तिमा भनिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x