१५ भाद्र २०८३, सोमबार

नेपाल–भारत मिल्लत परिषद् केन्द्रद्वारा बिरगंजमा कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

५ श्रावण २०८२, आईतवार १०:०३ मा प्रकाशित

वीरगञ्ज  । नेपाल–भारतबीचको आपसी सम्बन्धलाई मजबुत पार्ने उद्देश्यले नेपाल–भारत मिल्लत परिषद् केन्द्रद्वारा पर्सा जिल्लाको वीरगञ्जस्थित होटल पुजनमा आयोजित विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

“हाम्रो साझा सम्पदालाई सुदृढ पार्ने, पारस्परिक सम्मानलाई प्रवर्द्धन गर्ने र शिक्षा, व्यापार, संस्कृति र युवा सशक्तिकरणजस्ता क्षेत्रहरूमा सहयोगी अवसरहरूको खोजी गर्ने” मूल मन्त्रका साथ सम्पन्न उक्त कार्यक्रममा विशेष आकर्षणको केन्द्र बने जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री माननीय अब्दुल खान ।

उनले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल–भारत सम्बन्धको ऐतिहासिक, सांस्कृतिक र भावनात्मक पक्षलाई विशेष महत्व दिनुका साथै नयाँ पुस्ताबीच विश्वास र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले विशेषगरी शिक्षा, युवा सशक्तिकरण र व्यापार विस्तारका क्षेत्रमा दुई देशबीच सहकार्यको अपार सम्भावना रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाल–भारत मैत्री सुदृढीकरणमा विशेष योगदान पुर्‍याउँदै आउनु भएका माननीय अब्दुल खानलाई नेपाल–भारत मिल्लत परिषद् केन्द्रद्वारा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो । उक्त कार्यक्रममा परिषद्का केन्द्रिय पदाधिकारी, बौद्धिक व्यक्तित्व, युवा प्रतिनिधि तथा भारत र नेपालका विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।कार्यक्रमले दुई देशबीचको साझा भविष्य निर्माणमा सकारात्मक संकेत दिएको सहभागिहरूको धारणा रहेको छ। ग्लोबलपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x