१४ भाद्र २०८३, आईतवार

भारतले अमेरिका बाट किनेको अपाचे हेलिकप्टर

एसीपी संवाददाता

८ श्रावण २०८२, बुधबार ०८:३१ मा प्रकाशित

भारतीय सेनाले मंगलबार अपाचे हेलिकप्टरको पहिलो ब्याच समावेश गरेको छ।

भारतीय सेनाले सामाजिक सञ्जालमा लेखेको छ, ‘अपाचे हेलिकप्टरको पहिलो ब्याच आज भारत आइपुगेको छ। यो भारतीय सेनाका लागि माइलस्टोन हो। यसको आगमनले भारतीय सेनाको परिचालन क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ।’

बोइङ कम्पनीले जनवरी १९८४ मा अमेरिकी सेनालाई पहिलो अपाचे हेलिकप्टर दिएको थियो। त्यतिबेला यो मोडेलको नाम एएच-६४ए थियो। त्यसबेलादेखि बोइङले २,२०० भन्दा बढी अपाचे हेलिकप्टर बेचेको छ।

भारतभन्दा पहिले यो कम्पनीले अमेरिकी सेना मार्फत इजिप्ट, ग्रिस, इन्डोनेसिया, इजरायल, जापान, कुवेत, नेदरल्यान्ड्स, कतार, साउदी अरेबिया र सिंगापुरलाई अपाचे हेलिकप्टर बेचेको छ।

यसलाई दुई पाइलटले उडाउँछन्। मुख्य पाइलट पछाडि बस्छन्। उनको सिट अलि माथि हुन्छ। उनी हेलिकप्टर नियन्त्रण गर्छन्। अगाडि बसेको दोस्रो पाइलटले लक्ष्य राख्छ र फायर गर्छ।

‘अपाचे’मा के छ विशेष?

लगभग १६ फिट अग्लो र १८ फिट चौडा अपाचे हेलिकप्टर उडाउन दुई पाइलट हुनु आवश्यक छ।

अपाचे हेलिकप्टरमा यसको ठूलो पंखा चलाउन दुईवटा इन्जिन  छन्। त्यसैले यसको गति धेरै उच्च छ।

अधिकतम गति: २८० किलोमिटर प्रतिघण्टा छ।

अपाचे हेलिकप्टरको डिजाइन यस्तो छ कि यसलाई राडारमा समात्न गाह्रो छ।

बोइङका अनुसार, बोइङ र अमेरिकी सेनाबीच स्पष्ट सम्झौता छ- कम्पनीले यसको मर्मतसम्भारका लागि सधैँ सेवा प्रदान गर्नेछ तर नि:शुल्क हुने छैन।

सबैभन्दा खतरनाक हतियार: एकैसाथ १६ वटा एन्टी-ट्यांक मिसाइल फायर गर्ने क्षमता।

हेलिकप्टरमुनि राखिएको राइफलमा ३० एमएमको गोली एकपटकमा १,२०० वटा अटाउँछ।

उडान दायरा: लगभग ५५० किलोमिटर। यो एक पटकमा साढे तीन घण्टा उड्न सक्छ। नेपालखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x