१४ भाद्र २०८३, आईतवार

नागरिकको स्वास्थ्यलाई सबल बनाउन र नसर्ने रोगबाट बचाउनका लागि कार्यक्रम सुरु

एसीपी संवाददाता

८ श्रावण २०८२, बुधबार ११:४१ मा प्रकाशित

बाँके। बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य सबल बनाउन र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ।

गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार समयमा जानकारी नपाउँदा नागरिकले अकालमा ज्यान गुमाउनुपरेको अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम ल्याइएको हो।

गाउँपालिकाका सबै ६ वडामा सञ्चालन हुने कार्यक्रममा अनमी, स्टाफ नर्स र अहेव गरी १२ जना स्वास्थ्यकर्मी खटिनेछन्। उनीहरूले मुटु रोग, मानसिक समस्या, पाठेघर र स्तन क्यान्सर, गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका र किशोर–किशोरीहरूलाई लक्षित गरेर स्वास्थ्य सेवा र सचेतना दिनेछन्।

स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहका अनुसार यस अभियानमार्फत नागरिकको स्वास्थ्य प्रोफाइल तयार गरिनेछ र सोही आधारमा सेवा प्रवाह गरिनेछ।

जनस्वास्थ्य अधिकृत करम चौधरीले अभियान अर्थपूर्ण रहेको भन्दै सम्पूर्ण वडामा स्वास्थ्यकर्मी परिचालन गरेर तथ्याङ्क सङ्कलन र सचेतना फैलाउने कार्य हुने जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी कटकुइयाका इन्चार्ज दिनेश मौर्यले मधेशी र मुस्लिम बाहुल्य क्षेत्र भएकाले अभियानमा केही चुनौती भए पनि निरन्तरता दिन सके सफलता सुनिश्चित हुने बताउनुभयो ।

पालिकामा निर्माणाधीन १५ शैयाको अस्पताल सञ्चालनमा आउन लागेकोले यो अभियानले नागरिकलाई गुणस्तरीय सेवा लिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।रेडियोनेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x