भण्डारीको अध्यक्षतामा फोटोग्राफर तथा भिडियोग्राफर सङ्घको पुनर्गठन
नेपालगन्ज – बाँके फोटोग्राफर तथा भिडियोग्राफर सङ्घको पुनर्गठन गरिएको छ । शनिबार भिडियोग्राफर तथा फोटोग्राफरहरूको भेलाको आयोजना गरी सङ्घको पुनर्गठन गरिएको हो।
उक्त भेलाले शिवेन्द्र भण्डारीको अध्यक्षतामा सात सदस्य कार्यसमिति चयन गरेको छ। उक्त भेलाले योगमाया केसीलाई उपाध्यक्ष चयन गरेको हो भने महासचिवमा भक्तप्रसाद देवकोटा चयन भएका छन्।
यसैगरी सचिवमा तेजबहादुर खत्री चयन भए भने कोषाध्यक्षमा गिरिबरलाल वर्मा चयन भए । विशाल घिमिरे र सुदीप धिताल भने सदस्यमा सर्वसम्मत चयन भएका थिए।
फोटोग्राफर तथा भिडियोग्राफर महासङ्घका केन्द्रीय सदस्य नीलराज अधिकारीको प्रमुख आतिथ्यतामा तथा लेखा समिति सदस्य तेजबहादुर केसीको विशेष आतित्यतामा उक्त भेला सम्पन्न भएको थियो ।
उक्त भेलाले लुम्बिनी प्रदेशकाे अधिवेशनका लागि प्रतिनिधि समेत छनोट गरेको छ। सङ्घ पुनर्गठनपछि सङ्घले संस्थापक सदस्यता समेत वितरण गरेको छ।


