१५ भाद्र २०८३, सोमबार

मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५

एसीपी संवाददाता

१५ श्रावण २०८२, बुधबार १७:४५ मा प्रकाशित

मानव बेचबिखन विरुद्धको ऐक्यबद्धतामा समुदायको आवाज
मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ को अवसरमा मधुवन नगरपालिका र राजापुर नगरपालिका, बर्दियामा प्लान इन्टरनेसनल नेपाल र बांके युनेस्को क्लबको सहकार्यमा जनचेतना याली तथा सामुदायिक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। यस कार्यक्रमले समुदायमा मानव बेचबिखनको समस्यालाई उजागर गर्दै सचेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको थियो
कार्यक्रमको प्रमुख उद्देश्य मानव बेचबिखनका कारण, जोखिम र परिणामबारे समुदायमा जानकारी पुर्‍याउनु, सामुदायिक सतर्कता र संरक्षण प्रणालीलाई सशक्त बनाउनु तथा लागूपदार्थ दुरुपयोगजस्ता बेचबिखनका कारणहरूप्रति जनचेतना फैलाउनु थियो। यालीमा प्रहरी, स्थानीय नागरिक, महिला समूह, युवा क्लब, जन प्रतिनिधिहरू, तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। सहभागीहरूले हातमा प्लेकार्ड तथा नारा समेटिएका सामग्रीहरू बोकेर मानव बेचबिखनविरुद्ध बलियो सन्देश सम्प्रेषण गरेका थिए।
रयालीपश्चात आयोजित अन्तरक्रिया सत्रमा उप–प्रमुख, वडा अध्यक्षहरू, महिला तथा बालबालिका इकाईका प्रतिनिधि, प्रहरी प्रमुख, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू र समुदायका अगुवाहरूले सक्रिय सहभागिता जनाए। उनीहरूले समुदायमा मानव बेचबिखनको रोकथाम, जोखिम न्यूनीकरणका उपायहरू, बालबालिका र महिलाको सुरक्षा प्रवर्द्धन, तथा सचेत समाज निर्माणका लागि सहकार्य र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रमले स्थानीय तहमा समुदायको आवाजलाई बलियो रूपमा उजागर गर्दै बेचबिखन विरुद्धको साझा प्रतिवद्धता अभिव्यक्त गर्‍यो। यस प्रकारको साझा अभियानले सामाजिक रूपान्तरण र दीगो सुरक्षा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रम लक्ष्य ,उदेस्य तथा मानब बेच बिखन बिरुद्धको अभियानका बारेमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले जानकारी गराउनु भयको थियो भने कार्यक्रमको ब्यबस्थापन सहजीकरण फिल्ड सुपरभाइजर प्रमिसा थारु र सावित्रा भाट ले गरेका थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x