१५ भाद्र २०८३, सोमबार

काङ्ग्रेस महामन्त्री थापा को चीन भ्रमण

एसीपी संवाददाता

१६ श्रावण २०८२, बिहीबार १२:२३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा चीन भ्रमणका लागि प्रस्थान गरेका छन् ।

महामन्त्री थापा साउन ८ गते चीन भ्रमणका लागि गएको कांग्रेस निकट स्रोतले जनाएको छ । चीनले कांग्रेसका नेताहरूसँग सम्बन्ध सुधार गर्न प्रयासहरू गरिरहेका बेला महामन्त्री थापा सुटुक्क एक्लै चीन भ्रमणमा गएका हुन् । चीनमा रहँदा थापाले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । महामन्त्री थापा साउन १८ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर कम्युनिस्टहरूलाई मिलाउन खोजेको छ । एमाले नेतृ समेत रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर चीनले कम्युनिस्टहरूलाई एकठाउँमा ल्याउने प्रयास गरिरहेको छ ।

विदेश भ्रमणमा जाँदा हल्लाखल्ला गर्ने महामन्त्री थापाले चीन भ्रमणमा जाँदा कसैलाई सुईको पनि दिएका छैनन् । थापा चीन भ्रमणमा किन गएका हुन् खुलाएका छैनन् । रिपब्लिकन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x