१४ भाद्र २०८३, आईतवार
महाकाल सेवा समितिले डुडुवामा गर्यो प्रथम भण्डारा
नेपालगन्ज – श्रावण को पवित्र महिनामा महाकॉल सेवा समिति नेपालगंज बाँकेको आयोजनामा बोलबमको शुभ अवसरमा आइतबार भण्डारा गरीएको छ ।
महाकॉल सेवा समिति नेपालगंज बाँकेले प्रथम भण्डारा गरेको छ । बाँकेको डुडुवा गाउँ पालिका मिलनचोकमा भणडाराको आयोजना गरिएको समितिका अध्यक्ष निखिल कुमार वैश्यले जानकारी दिनुभयो । कोषाध्यक्ष विजय कुमार वैश्य , महासचिव विकास कुमार वैश्य (सम्मी गल्ला मण्डी) , सचिव राजपाल सिंह , सह सचिव दिपु बर्मा सहितको समितिले भण्डारामा उल्लेखनीय योगदान गरिएको हो ।
श्रावण माहमा पुरै बिश्वमा जहाँ जहाँ सनातन धर्म मान्ने ब्याक्ती छ्न त्यहाँ हरेक सोमबार महादेव भगवानको पुजा अर्चना हुने गर्छ । बाँकेको विभिन्न स्थान बाट राप्ती नदि गइ जल भरेर नेपालगन्जको प्रसिद बागेश्वरी मन्दिर स्थित रहेकाे जुङ्गे महादेव मा जलाअभिसेक गर्ने गर्छन् ।


Subscribe
Login
0 Comments


