१४ भाद्र २०८३, आईतवार

राज्य सबैको हुन नसकेको गुनासो,चुरे विनाशको प्रयास भए विद्रोह हुने चेतावनी:अध्यक्ष हृदयेश त्रिपाठी

एसीपी संवाददाता

२४ श्रावण २०८२, शुक्रबार ११:१० मा प्रकाशित

( रुपन्देहीखबर ) जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश सबैको भए पनि राज्य सबैको हुन नसकेको गुनासो गर्नुभएको छ। उहाँले मधेशी, जनजाति, महिला, थारु र मुस्लिम समुदायका लागि राज्य अझै आफ्नै नबनेको भन्दै, “देश हामी सबैको हो, तर राज्य पनि हामी सबैको हुनुपर्छ भन्ने लडाइँ नै हाम्रो हो” भनेर स्पष्ट पार्नुभयो। संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देहीको सियारीमा आयोजना गरेको जनजागरण अभियानमा बोल्दै अध्यक्ष त्रिपाठीले राज्य पुनर्संरचनाको प्रक्रियामा सबैको ध्यान नपुग्दा राज्यको चरित्र जस्ताको त्यस्तै रहन पुगेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार, सबै समुदायको समान सहभागिता र पहुँच नभएसम्म राज्यको स्वरूप समावेशी बन्न सक्दैन।

चुरे क्षेत्रको संरक्षणको महत्वबारे जोड दिँदै त्रिपाठीले चुरेको समाप्ति नै सभ्यताको समाप्ति हुने चेतावनी दिनुभयो। उहाँले मुलुकमा चुरे विनाश हुने खालको कुनै कानून बनेमा त्यसविरुद्ध विद्रोह हुने स्पष्ट सन्देश दिनुभयो। “चुरे मात्र भूगोल होइन, हाम्रो अस्तित्वको आधार हो,” उहाँले भन्नुभयो।

आगामी चुनावबारे कुरा गर्दै अध्यक्ष त्रिपाठीले मोर्चाले संयुक्त रूपमा साझा उम्मेदवार खडा गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार, त्यो उम्मेदवार नेपाली राजनीतिमा ‘थर्मामिटर’को भूमिका खेल्नेछ, जसले देशको राजनीतिक तापक्रम र जनताको मनोवृत्ति मापन गर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x