महेन्द्र पार्कमा नयाँ कर्मचारी आए देखि नै सुधारात्मक संख्यालाई संकेत
नेपालगन्ज – नेपालगन्ज उपमहनगरपालिका वडा नम्बर ८ मा घसियारन्टोल स्थित रहेकाे महेन्द्र पार्क तथा मिनि चिडियाखानामा कर्मचारी फेरिए सङै सरसफाईमा सुधार हुन थालेको छ।
नेपालगन्ज उमहानगरपालिकाले नयाँ २ जना कर्मचारीको ब्यवस्थापन मिलाएको छ । उपमहानगरले पार्के ब्यवस्थापन , सरसफाइ , पार्क मा रहेको रुख , फुल बगैंचा को निरन्तर देखरेख नभएको हुँदा दुई जना कर्मचारीको ब्यवस्थापन गरिएको हो । नयाँ कर्मचारी आए देखिनै पार्कको ब्यवस्थापनमा सुधार आएको हो।
नयाँ कर्मचारीहरुमा नेपालगन्ज उपमहानगरपालिकाले पठाएकोमा कर्मचारी हरी घारुक र नैना वाल्मीकि रहेका हुन र उनिहरुले उपमहानगरको दिशा निर्देश अनुसार सेवा दिने तथा अहिले आवश्यकता भनेको जनजीवनमा शुद्ध वातावरणका लागि निरन्तर रुख बिरुवाको रेखदेख अनिवार्य हुन्छ भन्नू भयो।
नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ का सदस्य निखिल वैश्यले अब महेन्द्र पार्कको रेखदेख गर्न नयाँ कर्मचारी आएकोले सुधार हुदै गएकोमा खुसी व्यक्त गर्नु भयो । ८ नम्बर को कार्यलयले आफ्नो तर्फबाट समेत प्रयासरत रहेकोले आगामी दिनहरुमा थप सुधारको आशा गरिएको र बालबच्चाहरु रमाउन् , पिङ खेल्न मनोरञ्जन पाउने आशा गरेको बताउनु भयो । 




