३० बैशाख २०८३, बुधबार

अभिभावकको सक्रिय सहभागिता बिना शिक्षा पूर्ण हुँदैन : दुई दिने प्रेरणादायी कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

५ भाद्र २०८२, बिहीबार १८:२२ मा प्रकाशित

बाँके युनेस्को क्लब (BUC) ले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा गर्ल्स स्ट्यान्डिङ स्ट्रङ (GSS) परियोजना अन्तर्गत गुलरिया, मधुवन र बधैयाताल नगरपालिकामा “अभिभावकको भूमिका र जिम्मेवारी” विषयमा दुई दिने अभिमुखीकरण तथा प्रेरणादायी कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन मधुवन नगरपालिकाका शिक्षा अधिकृत नारायण प्रसाद खनालले गर्नुभयो। कार्यक्रममा १५ विद्यालय, शिक्षा इकाइ तथा शिक्षक–अभिभावक गरी २१ जना सहभागी रहेको थियो ।

कार्यक्रमले विशेष गरी—
✅ सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने
✅ “एक घर – एक पढ्ने कुनो” अभियानलाई प्रवर्द्धन गर्ने
✅ अभिभावक–शिक्षक–विद्यार्थी सहकार्यलाई सुदृढ पार्ने जस्ता विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो ।

सत्रको सहजीकरण रवि किरण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन BUC का उपकार्यकारी निर्देशक तथा GSS परियोजना संयोजक गोविन्द प्रसाद लमिछानेले गर्नुभयो। अतिरिक्त सहयोग MEDO अनु चौधरी, PO विजय शर्मा, भगवती बि.क. र FS नग्मा सिद्दिकीले गर्नुभएको थियो।

कार्यक्रमको समापन सत्रको अध्यक्षता BUC का अध्यक्ष परवेज अली सिद्दिकीले गर्नुभयो। सो अवसरमा उपप्रमुख सबित्रा गौतम, पत्रकार ज्योति पन्थी, अजय चापागाईं, कार्यकारी निर्देशक रवि कुमार तुलाधर र प्राविधिक संयोजक साजिद अली सिद्दिकी लगायतको अतिथिहरूको विशेष उपस्थिति रहेको थियो। समापन कार्यक्रममा वक्ताहरूले तपसिल वमोजिम का क्षेत्र मा जोड दिईएको थियो।
👉 अभिभावकको सक्रिय सहभागिता, शिक्षकको निरन्तर समर्थन, र समुदायको सकारात्मक भूमिकाले मात्र बालबालिकाको भविष्य उज्यालो हुनेछ।
👉 प्रत्येक घरलाई “ पढाई कुनो” बनाएरै मात्र पढ्ने संस्कार को विकास हुनेछ।
👉 शिक्षा भनेको अधिकार हो, बाल बालिका लाई कुनै हालतमा विद्यालय जान वाट वञ्चित गराउन नहुने मा सबै जाना प्रतिबद्ध हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमले सहभागीहरूमा “खुसी, सुरक्षित र समावेशी विद्यालय” निर्माण गर्ने प्रेरणा जगाएको छ, जहाँ प्रत्येक बालबालिका ठूलो सपना देख्न सक्छन् र आफ्नो अधिकार पूरा गर्न सक्षम हुन्छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x