११ भाद्र २०८३, बिहीबार

चौधराइनको स्मृति दिवसमा फलफूल बितरण

एसीपी संवाददाता

७ भाद्र २०८२, शनिबार ०७:४७ मा प्रकाशित

नेपालगन्ज, भदौ ७गते – शिक्षा र स्वास्थ्य क्षेत्रमा करोडौंको जग्गा दान गर्नु भएकी दानवीर स्व. औतारदेई कशौधन (चौधराइन) को १५ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

स्वर्गीय चौधराइनको भदौ ६ गते स्मृति दिवसको सन्दर्भमा आज भेरी अस्पतालमा उहाँको योगदानको बारेमा चर्चा गर्दै स्मरण गरिएको हो । वि.सं. १९५४ मा जन्मिएकी चौधराइनको २०२८ भदौ ६ गतेका दिन निधन भएको थियो । भेरी अस्पताल परिसरमा रहेको चौधराईनको प्रतिमामा माल्यार्पण गर्दै प्रवचनसहित विरामीलाई फलफूल वितरण गरेर दिवस मनाइएको हो ।
शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पु¥याएको योगदानको स्मरण गर्दै औतार देई कशौधन (चौधराइन) सेवा प्रतिष्ठानले स्मृति दिवसको आयोजना गरेको हो ।
स्व. चौधराईनले भेरी अस्पताल, महेन्द्र बहुमुखी क्याम्पस, नारायण मावि, जिल्ला स्वास्थ्य कार्यालयलाई जग्गा दान गरेर उदाहरणिय बन्नु भएको थियो ।

डा पंकज गुप्ताद्वारा संचालन गरिएको कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र शाह, अस्पतालका मेडकल सुपरिटेन्डेन्ट डा निराजन सुबेदी, अस्पतालका डा संकेत रिसाल, प्रतिष्ठानकाअध्यक्ष रमा रानी वैश्य लगायत अतिथिले औतारदेइको दानले अन्यलाई पनि दान गर्न र समाज सेवामा अग्रसर हुन महत्त्वपूर्ण सन्देश दिएको उल्लेख गर्नु भयो ।

सोही अवसरमा अस्पतालका दुइ सय ५० विरामीलाई फलफूल वितरण गरिएको थियो । प्रतिष्ठानले हरेक वर्ष समृति दिवसमा कार्यक्रम गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x