११ मंसिर २०८३, बिहीबार

नेपाल तेक्वान्दो संघद्वारा राष्ट्रिय टिमलाई ट्रयाक सुट तथा खेलपोशाक वितरण

एसीपी संवाददाता

९ पुष २०७७, बिहीबार ०६:०९ मा प्रकाशित

नेपाल तेक्वान्दो संघले पारा राष्ट्रिय टिमलाई ट्रयाक सुट तथा खेलपोशाक वितरण गरेको छ ।
बुधबार सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रिय कार्यालयमा रहेको हलमा कांग्रेसका खेलकुद विभाग प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा पारा राष्ट्रिय टिमका खेलाडीलाई ट्रयाक सुट तथा खेल पोशाक वितरण गरिएको
हो । तेक्वान्दो खेलाडी संगिना वैद्य र रवि महर्जनले संयोजन गरेको कार्यक्रममा खेलाडीलाई ट्रयाक, जुत्ता, ब्याग र टिशर्ट प्रदान गरिएको थियो । कार्यक्रममा बिभागका प्रमुख बस्नेतले खेल र खेलाडीको बिकास आफुहरुको प्राथमिकता रहेको बताउनुभयो । उहाले नेपालको खेल जगतलाई अन्तराष्ट्रिय स्तरमा पुराउन सवैले हात्तेमालो गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

तेक्वान्दोकी पूर्व खेलाडी तथा प्रशिक्षक संगिना वैद्यले विभिन्न सहयोगी संस्था तथा ब्यक्तिसंग सहकार्य गरेर पारा खेलाडीलाई खेल सामाग्री जुटाईएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले कोरोनाले थला परेको घरेलु खेलकुदको समयमा सराहनिय काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । संघका अनुसार बज्र सेक्युरिटीले ट्रयाक, गोदावरीले जुत्ता, स्तम्भ बहुउद्धेश्य सहकारीले ब्याग र पूर्व कराते खेलाडी बिनोद महर्जन र उमेश मल्लले टिशर्ट सहयोग गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x