नेकपा बिवाद बढदै जादा यान्छी केपि ओलिलाई भेट्न् जादा समय दिएनन् प्रधानमन्त्रीले
नेकपाभित्र अन्तरविरोध चर्किएसँगै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दौडधुप बढाएकी छन् ।
एकता जोगाउन उनले राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्षसँग सिधा सम्पर्क गर्न खोजिन। राष्ट्रपति र कार्यकारी अध्यक्षसँग उनको भेट भयो। तर प्रधानमन्त्री केपी ओली सम्पर्कमै आउन चाहेनन्।
एकता जोगाउन भन्दै आफूलाई सल्लाह दिन आएकी चिनियाँ राजदूतलाई ओलीले भेट्न अस्वीकार गरेको बालुवाटार स्रोतले जानकारी दियो। ओलीलाई कम्प्राइज गरेर प्रचण्ड र नेपालसँग मिल्न फोर्स गरेपछि ओलीले चिनियाँ राजदूतसँग बिच्किएको ओलीका एक सचिवालय सदस्य बताउँछन्।
ओलीले चिनियाँ राजदूतलाई आफू अहिले व्यस्त भएको र परराष्ट्र मन्त्रालयबाट अनुमति र समय लिएर औपचारिक रुपमा आउन भनेको बुझिएको छ। यसअघि चिनियाँ राजदूतले सिधै बालुवाटार प्रवेश पाउँथिन्। अब भने ओली चीनसँग टाँढिएका छन्। चीनले अनावश्यक हस्तक्षेप गरेपछि ओलीले चिनियाँ राजदूतबाट टाढै बस्न खोजेको ती सदस्य बताउँछन् ।
दुई दिनअघि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी राजदूत यान्छीले आज नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्। खुमलटार पुगेर उनले प्रचण्ड माधव समुहको कदममा चीनको समर्थन रहेको बताएकी थिइन्।
उनले प्रचण्ड र माधव नेपाल समूहको नेकपालाई राजनीतिक यात्राको शुभकामना पनि दिएकी छिन्। प्रचण्डअघि हिजो बुधवार उनले प्रधानमन्त्री एवं प्रथम अध्यक्ष केपी ओलीलाई भेट्न खोजेकी थिइन्। तर ओलीले भेट्न अस्वीकार गरेका हुन्। नेपालपाना बाट


