११ मंसिर २०८३, बिहीबार

नेकपा बिवाद प्रदेश प्रदेशमा नम्बर १ मा अबिस्वास प्रस्ताव आउदै

एसीपी संवाददाता

११ पुष २०७७, शनिबार १७:४७ मा प्रकाशित

प्रदेश १ का आर्थिक ममिला तथा योजनामन्त्री इन्द्र आङ्बो आज (शनिबार) पदमुक्त भएका छन् । 

अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको भन्दै मुख्यमन्त्री शेरधन राईले उनलाई पदमुक्त गराएका हुन् ।

पदमुक्त भएपछि मन्त्री आङ्बोले मुख्यमन्त्री राईविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता गर्ने  घोषणा गरेका छन् । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध नेकपाकै सासंदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

एकसञ्चार माध्यममा जनाइए अनुसार आङ्बोले आफ्नो नेतृत्वमा आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा दर्ता गर्ने बताएका हुन्।

आङ्बो पूर्व माओवादी नेता एवं प्रचण्डपक्षका हुन् भने मुख्यमन्त्री राई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका मानिन्छन् । नेपालपाना बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x