जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा मसाल जुलुस
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंबैधानिक भन्दै जनता समाजवादी पार्टी नेपालले शनिबार देशव्यापी मसाल जुलुस निकालेको छ ।
यसै क्रममा जनता समाजवादी पार्टी नेपाल सप्तरी पनि मसाल जुलुस निकालेको थियो । मसाल जुलुस प्रदर्शन गर्दै जसपाले असंबैधानिक कदम फिर्ता लिन माग गरेको छ । विघटनको बिरोधमा स्थानिय शिवमन्दिर प्राङणबाट मसाल जुलुससशित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् ।
मसाल जुलुसमा सहभागिहरुले प्रतिनिधीसभा विघटनको असंबैधानिक कदम खारेज गर, सर्वसत्तावादी मुर्दावाद लगायतका नाराबजी गरेका थिए ।
मसाल जुलुसपछि स्थानिय नेता चौकमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै जसपाका नेताहरुले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधान र प्रणालीमाथी नै प्रहार गरेको भन्दै अविलम्ब उक्त असंबैधानिक कदम फिर्ता लिन माग गरेका थिए । उनीहरुले असंबैधानिक कदम फिर्ता नभएसम्म चरणबद्ध रुपमा बिरोधका कार्यक्रम जारि रहने उद्घोष समेत गरे ।


