१४ आश्विन २०८३, बुधबार

नेकपा विभाजनपछि चिनियाँ रणनिती, राजदुतको सक्रियता

एसीपी संवाददाता

१२ पुष २०७७, आईतवार ०६:५९ मा प्रकाशित

काठमाडौं: नेकपा विभाजनपछि चिनियाँहरुले शुरु गरे ‘वल्फ वारियर’ रणनिती, राजदुतको सक्रियतामा हुँदैछ भयंकर षड्यन्त्र!
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादमा उत्तरी छिमेकी चीनको हस्तक्षेप नौलो विषय होइन । तर अहिले विभाजनको अवस्थामा चिनियाँ हस्तक्षेपले पनि काम गर्न सकेन । 

केपी ओली समूह र प्रचण्ड-नेपाल समूहका नाममा विभाजित भइसकेको छ । औपचारिक विभाजन मात्रै बाँकी छ । यस्तोमा चिनियाँ राजदूत होउ यान्छीको दौडधुप खुब भयो । तर उनले विभाजन रोक्न सकिनन् । राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर उनले एकताका लागि दबाब दिइन् । तर त्यो दबाबले काम गरेन । प्रधानमन्त्री ओलीले त उनलाई भेट नै दिएनन् । 

यसरी राजदूत असफल भएपछि बेइजिङले आज उच्चस्तरी टोली काठमाडौं पठाउँदैछ । 

भन्नलाई त नेपालमा विकसित अप्रत्यासित राजनैतिक घटनाक्रमवारे स्थलगत रुपमै जानकारी हासिल गर्न चिनियाँ प्रतिनिधिमण्डल आउन लागेको भनिएको छ । तर यो प्रतिनिधिमण्डलले मुख्यतस् दबाब र प्रभावमा नेकपा विवाद मिलाउने प्रयास गर्नेछ । 

‘Wolf Warrior’ अर्थात डराउने धम्क्याउने रणनीतिअन्तर्गत चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोलीले काठमाडौंमा ४ दिन बसेर काम गर्नेछ । टोलीले नेकपाको दुबै समूहसँग छलफल गरेर बेइजिङको सन्देश सुनाउने छ। साभार जेन1न्युजबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x