११ मंसिर २०८३, बिहीबार

बाँके कांग्रेसले सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने नेपालगंजमा गगन थापाको संम्बोधन

एसीपी संवाददाता

१३ पुष २०७७, सोमबार ०४:४१ मा प्रकाशित

नेपालगन्ज । बाँके कांग्रेसले आज सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस बाँकेले केन्द्रिय कार्यक्रम अनुसार प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध बाँकेका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ ।

बाँकेका सबै निर्वाचन क्षेत्रहरु प्रदर्शनको तयारी अवस्थामा बसेका छन् । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ को नेपालगन्जमा हुन लागेको प्रदर्शनमा कांग्रेसका प्रभावशाली युवा नेता एवम् पूर्व मन्त्री गगन थापा आएर सम्बोधन गर्दैछन् । बाँके कांग्रेस सभापति किरण कोइरालाले कांग्रेस आज हुने प्रदर्शनमा नेता, कार्यकर्ता लगायत कांग्रेससँग आबद्ध सबै संगठनलाई उपस्थित हुन निर्देशन जारी गर्नुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x