२३ आश्विन २०८३, शुक्रबार

नेपाली राजनीतिमा चीनको हस्तक्षेप ,नाकामा नेपालीहरुको सामान रोकि दु:ख दिदै

एसीपी संवाददाता

१४ पुष २०७७, मंगलवार ११:३६ मा प्रकाशित

नेपालीहरुले असल छिमेकी मान्दै आएको चीनले नेपालमाथि दु:ख दिने काम गरेको छ । एकातिर काठमाडौंमा आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर नांगो नाँच देखाइरहेको छ भने अर्को तिर नाकामा नेपालीहरुको सामान रोकेर दुस्ख दिएको छ । 

काठमाडौंमा एक टोली नेकपा विभाजन हुन नदिन नेताहरुको घरदैलोमा दौडधुपमा छ भने अर्कोतिर बारम्बार आग्रह गर्दा पनि चीनले नेपालीहरुको सामान नाकाबाट छोड्न मानेको छैन ।
करोडौं सामान बाटैमा काम नलाग्ने भएको छ काम लाग्ने खालका पनि विगत एक वर्षदेखि आउन दिएको छैन । 

गत वर्षको जाडोमा बिक्रीका लागि सिल्क ट्रान्सपोर्टले ज्याकेट, जुत्ता, खाद्यान्न लगायतका सामानले भरिएको ३० कन्टेनर सामान चीनबाट ल्याउँदै थियो । तर चीनले नाकामा अड्काउँदा एक वर्ष बित्दा पनि भित्र्याउन सकिएको छैन ।

करिब २५ दिनमै नेपाल आइपुग्नुपर्ने सामान कोरोनालाई देखाएर चीनले नाका ठप्प पारेर नेपाली व्यवसायीको ठूलो नोक्सानी गराएको छ । कतिपय त ऋणमै डुबेका छन् । 

‘खाद्यान्न र चकलेटहरु त कुहिएर खेर गएको छ । लत्ता कपडा र अन्य सामान भने राम्रै होला भन्ने आशमा छन् सिल्क ट्रान्सपोर्टका चिफ अपेरेटिङ अफिसर कल्याण सिलवाल। चीनले कोरोनाको बहानामा अघोषित नाकाबन्दी नै गरिरहेको उनको बुझाई छ । हुन पनि चीनले कसैले भनेको सुनेको छैन । 

व्यवसायी अमर बानियाँ र कुमार पौडेल लगायतको समूहले गत माघमा चीनबाट १३० कन्टेनर स्याउ खरिद गरेका थिए । झण्डै ७० करोड बराबरको ४० हजार टन स्याउ बोकेको ती कन्टेनरहरु नाकामै रोकिए । ७० करोडको सबै स्याउ बाटोमै कुहियो । २५ जना व्यापारीले १३० गाडीमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको स्याउ कुहिएुर फ्याँकियो।

यस्ता कैयौ व्यापारीको सामान नाकामा रोकिएको छ । स्वास्थ्य सामग्री बाहेक चीनले रसुवागढी र तातोपानी नाका खोल्न आनाकानी गरिरहेको छ । 

अनलाइनखबरका अनुसार पछिल्लो एक वर्षमा नेपालसँगको व्यापारमा चीनले कडा व्यवहार देखाइरहेको छ । नेपाल-चीन नाकाहरु धेरैजसो चिनियाँ पक्षकै कारण यो वर्ष अवरुद्ध भएका छन् । यसबाट व्यापारिहरु आजित भएका छन् । सरकारी तवरबाट पहल नभएको भने होइन । तर कोरोना देखाउँदै चीनले खोल्नै मानेको छैन । 

एकातिर नेपालको राजनीति मिलाउने नाममा चिनियाँ पक्षले नांगो नाच देखाउने र अर्कोतिर नेपालीको सामान रोकेर दुस्ख दिने चिनियाँ रणनीति अचम्मको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x