२२ जेष्ठ २०८३, शुक्रबार

पर्यटक भिसामा नेपाल आएर व्यावसाय गरिरहेका दुई जना चिनियाँ नागरिक पक्राउ

एसीपी संवाददाता

२२ जेष्ठ २०८३, शुक्रबार ०७:३६ मा प्रकाशित

काठमाडौं । अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएर व्यावसाय गरिरहेका दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ ।

पर्यटक भिसाको उद्देश्यविपरीत नेपाल बसेर व्यावसायिक गतिबिधिमा संलग्न चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरेको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

विभागका अनुसार उनीहरू सन् २०२४ मा चीनस्थित तिब्बत हुइदा इन्टरनेसनल ट्रेड तथा जिजाङ साङ चेन्ग हेल्थ इन्डस्ट्रीका बजार विश्लेषकका रूपमा नेपाल प्रवेश गरेको अभिलेख भेटिएको छ । त्यसपछि उनीहरूले दुई वर्षअघि विदेशी लगानी भित्र्याएर लिउ जुन विथ रेस्टुरेन्ट स्थापना गर्ने प्रतिबद्धतासहित व्यावसायिक भिसा पाएको खुलेको भनिएको छ । तर, उनीहरूले प्रतिबद्धताअनुसार लगानी नभित्र्याएको र हाल पर्यटक भिसामै बसिरहेको पाइएको विभागले भनेको छ ।

यस्तै नेपालमा रहँदा गैरकानुनी रूपमा नेपाली नागरिकका नाममा नेपाल जन्गनी ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट नामक कम्पनी दर्ता गरेर चिनियाँ कृषि फर्मको नाममा व्यवसाय सञ्चालन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको विभागका प्रवक्ता ढकालले जानकारी दिए ।

सो कम्पनीको टिकटकमार्फत् प्रचार गरेको पनि पाइएको छ । जसबाट विभिन्न खाद्य सामग्री बिक्री वितरण गर्दै आएको तथ्य खुलेको विभागले जनाएको छ ।
उनीहरूले हिमाली क्षेत्रका स्याउ, ओखर, लसुन, किसमिसलगायत खाद्य सामग्री सस्तो मूल्यमा उपलब्ध गराउने भनी प्रचारप्रसार गरेतापनि बजार मूल्यभन्दा महँगो दरमा बिक्री गर्ने गरेको पाइएको छ ।अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x