नेपालगन्ज ८ नंबर वडा कार्यालयको आर्थिक सहयोगमा पोषण तथा सरसफाई सामाग्री वितरण कार्यक्रम संपन्न
नेपालगन्ज – नेपालगन्ज ८ नंबर वडा कार्यालयको आर्थिक सहयोगमा १००० दिन भित्रका सुत्केरी आमा र गर्भवतीहरु लाई सुक्ष्म पोषण तथा सरसफाई सामाग्री वितरण कार्यक्रम संपन्न ।
आर्थिक बर्ष ०८२/०८३ को बिनियोजित स्विकृत बजेट बाट वडा कार्यालयको आर्थिक सहयोगमा महेन्द्रपार्क स्तिथ रहेको ८ नंबर वडा शहरि स्वास्थ्य केन्द्र मा आमा सुरक्षा कार्यक्रम अन्तर्गत दर्ता भएका ३९ जना गर्भवति र ३१ जना १००० दिन भित्रका सुत्केरि आमा हरु अभिमुखिकरण गरेको छ ।

जम्मा ७० जना लाइ स्वास्थ्य शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सन्चालन गरि ८ नंबर वडा का वडा अध्यक्ष रजनीश बाजपेयी नेपालगन्ज उपमहानगरपालिका को जनस्वास्थ्य प्रबोधन शाखा प्रमुख जागेश्वर बस्नेत ,शहरी स्वास्थ्य केन्द्र ८ का स्वास्थ्य अधिकृत (इन्चार्ज ) लगाएत अन्य स्वास्थ्य कर्मी र स्वास्थ्य स्वम सेबिका हरुको सामुहिक उपस्थितिमा सफाइ तथा पोसण सामाग्री बितरण भएको हो । 
विडियो – b308171d-83c2-4553-822b-facb915297c5



