२७ जेष्ठ २०८३, बुधबार
प्रहरीको ठूलो एक्सन : करिब ४१ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान नियन्त्रणमा
प्रहरीको ठूलो एक्सनले करिब ४१ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
भन्सार छली तथा अवैध तस्करी नियन्त्रणमा कडाइ गर्ने सरकारी निर्देशनपछि रुपन्देहीमा संयुक्त सुरक्षा टोलीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ।
गोप्य सूचनाका आधारमा रुपन्देही प्रहरी, सशस्त्र प्रहरी बल (APF) र भन्सार कार्यालयको संयुक्त टोलीले सिद्धार्थनगर–१ स्थित एक गोदाममा छापा मार्दा भारतबाट भन्सार छली गरी विभिन्न भित्री बाटो हुँदै ल्याइएका करिब ४१ लाख ३२ हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो।
बरामद सामानमा ५३ बोरा खर्बुजाको बीउ, ५४ कार्टुन कोलगेट पेस्ट, २२७ बोरा ओखर तथा ३८ बोरा मकै रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Subscribe
Login
0 Comments



