२५ वर्षदेखि साइकलमा घुमेर रिपोर्टिङ गर्दै पत्रकार दिनेश ठाकुर
नेपालगन्ज : बुवाले तिरथ राम ठाकुर र आमा कैलाशा देवी ठाकुरको कोखबाट २०४६ साल साउन ७ गते जन्म लिएका पत्रकार दिनेश ठाकुर विगत २५ वर्षदेखि साइकलमा चढेर ठाउँ ठाउँमा पुगेर रिपोर्टिङ गरिरहेका छन् ।
ठाकुर बाँके जिल्ला विशेषगरी नेपालगञ्जलाई कार्यक्षेत्र बनाएर सक्रिय रहेका एक परिचित युवा पत्रकार तथा सामाजिक अभियन्ता समेत हुन् । उनी लामो समयदेखि पश्चिम नेपालको पत्रकारिता, मानव अधिकार र सामाजिक संघ-संस्थामा नेतृत्वदायी भूमिकामा रहेर क्रियाशील रहिरहेका छन् ।
२०५४ सालदेखि बाल भित्ते पत्रिकामा गीत, गजल, गाउँ घरका घटनाहरु चार्ट पेपरमा लेखेर पत्रकारिता सुरु गरेका ठाकुरले २०६२/६३ सालदेखि नेपाली एक्सप्रेस, राष्ट्रिय पश्चिम टुडे, जनमत अर्धसाप्ताहिक, मधेस वाणी संकल्प साप्ताहिक, गुड न्युज साप्ताहिक थुप्रै पत्रपत्रिकामा काम गरेका ठाकुरले विगत १३ वर्षदेखि भने लोकप्रिय सन्देश दैनिक पत्रिका र सहारा अनलाइनमा काम गरिरहेका छन् ।
उनले साँगरमाथा टेलिभिजन , नेपाल वन टेलिभिजन , पश्चिमी सराेकार दैनिक , नव मधेश जागर हिन्दी दैनिक ,सराखबर डट . कम, लाेकपिय सन्देश दैनिक मधेशवाणी लगायतका सञ्चार माध्यमहरूमा आबद्ध भई राजनीति, समाज, पर्यटन र समसामयिक मुद्दाहरूमा कलम चलाउँदै आएका छन् ।
उनी नेपाल पत्रकार महासंघ बाँके शाखाको निर्वाचित कार्यसमिति सदस्य हुन् । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनका क्रममा भएको जिल्ला अधिवेशनमा उनी कार्यसमिति सदस्य पदमा विजयी भएका थिए ।
ठाकुर नेपालगञ्जमा क्रियाशील तत्कालीन प्रेस चाैतारी बाँके,प्रेस सङ्गठन बाँकेको जिल्ला कार्यसमिति सदस्यका रूपमा समेत मनोनित भई व्यावसायिक हकहितका लागि सक्रिय रहेका थिए । उनी बाँके जिल्लामा इमानदार पत्रकारको रुपमा चिनिन्छन् ।
पत्रकार ठाकुर पत्रकारिताका साथ साथै उनी मानव अधिकारको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनी मानव अधिकारवादी संस्था मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्यसमितिको अध्यक्ष समेत रहेका छन् ।
सामाजिक कार्यहरूमा युवाहरूको सहभागिता बढाउन स्थापना गरिएको नेपाल युवा क्लब बाँकेको अध्यक्षका रूपमा समेत सर्वसम्मत चयन भई सामाजिक क्षेत्रको नेतृत्व गरिरहेका छन् ।
समग्रमा, दिनेश ठाकुर बाँके र नेपालगञ्ज क्षेत्रको पत्रकारिता, मानव अधिकार रक्षा र सामाजिक अभियानहरूमा अग्रसर रहने एक ऊर्जावान् व्यक्तित्व हुन् ।


