२७ असार २०८३, शनिबार

नेपालगञ्जमा ‘डिजिटल नेपाल’को शुभारम्भ, एकै छानामुनि विभिन्न कम्पनीका घरायसी सामान उपलब्ध

एसीपी संवाददाता

२७ असार २०८३, शनिबार १८:१४ मा प्रकाशित

रुबरु ,  नेपालगञ्ज । नेपालगञ्जको वीरेन्द्र चोकमा

*‘डिजिटल नेपाल’**

को औपचारिक शुभारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले गरेका हुन्।

शुभारम्भ कार्यक्रममा डिजिटल नेपालका सञ्चालक अब्दुल करिम खाँले उपस्थित सम्पूर्ण अतिथि, शुभेच्छुक तथा ग्राहकप्रति आभार व्यक्त गर्दै सहयोग र विश्वासका लागि धन्यवाद दिएका छन्।

त्यसैगरी प्रबन्धक खान जरीफले अब ग्राहकहरूले एकै छानामुनि विभिन्न कम्पनीका गुणस्तरीय घरायसी तथा विद्युतीय सामान सहज रूपमा प्राप्त गर्न सक्ने बताए। यस सेवाले आवश्यक सामानका लागि विभिन्न पसल धाउनुपर्ने ग्राहकको बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रशान्त बिष्टले नयाँ व्यवसायको सफल शुभारम्भको शुभकामना व्यक्त गर्दै **‘डिजिटल नेपाल’**ले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै व्यवसायिक रूपमा निरन्तर प्रगति र सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x