नेपाल-भारत सिमामा कुन बाटो हुन्छ तस्करी ?
बाँके , नेपालगन्ज – नेपाल- भारत सिमानाको सबै भन्दा कडा निगरानीमा बाँकेको जमुनाह नाका किन पर्ने गरेको छ ?
तपाईंलाई थाहा छ कि बाँके जिल्लाको सबभन्दा संबेदनसिल रहेको सिमानाका जमुनाह , को भवानीपुर , पिप्रहवा , र यो भन्दा ठुलो अवैध समान , बिना भन्सार ढुवानी हुने बस्तीको रूपमा रहेको एक नाम हो जयसपुर । हुन त उदयपुर पनि बदनाम गाउँमा हो तर यहाँ प्राय जसो लागुऔसधमा मानिस पक्राउ पर्ने गरेका छ्न ।
यता जयसपुर भनेको माओवादी भुमिगतका बेला अवैध रूपमा सरसमान ओसारपसार गर्ने केन्द्र रहेकोे थियोे भने मधेश आन्दोलनमा आर्मी र प्रहरीलाई समेत यहाँ लुकामारी खेल्नु परेको थियोे ।
अहिले नेपाल सरकारले बाँकेको नाका , भन्सारमा कडाई गरेको सबैभन्दा कडा कदम बाँके जिल्लाको जमुनाह नाका रहेको हेर्न सकिन्छ ।
जमुनाह नाकामा सशस्त्र प्रहरी मुख्य भुमिकामा देखिएको छ जनपद प्रहरीले अहिले दोश्रो स्थानमा सुरक्षा दिने भुमिकामा रहेको छ । जयसपुर , पिप्रहवा सुइया भवानीपुर , साइगाउँको बाटो धमाधम तस्करी हुने गरेको छ । यहाँ बाट हुने तस्करी प्रहरीले पनि रोक्न सक्दैन । घर घरमा मालसामान जम्मा हुने अनि रातारात नेपालगन्ज बजारमा जाने गरेको छ । जयसपुर बस्ने प्रहरी बेबस हुन् कि जानेर मासिक सेटिङ पास गर्छन् थाहा भएन । नेपालगन्ज विभिन्न प्रकाशित समाचार बाट अध्ययन गर्न सकिन्छ ( लिमराखबर ) निश्चछ्ध्वानी लगाएत अनलाइन सर्च गरेर हेर्दा हुन्छ ।
भन्सारमा १०० रुपैया को समान कर तर रातारात करोडौं को तस्करी हुने गरेको छ ।


