नेपालगन्जको बीरेन्द्र चोकमा स्वर्गीय राजा बीरेन्द्र सरकारको शालिक पुनर्स्थापना
तेज बिक्रम शाह , नेपालगन्ज – सबैको सहयोग र सदभाव स्वरुप नेपालगन्जको बीरेन्द्र चोकमा स्वर्गीय राजा बीरेन्द्र सरकारको शालिक पुनर्स्थापना भएको छ। २०६२/०६३ को आन्दोलनको बेला भत्काईएको बीरेन्द्र राजाको शालिक, जेन्जी आन्दोलनको दौरान भत्काईएका बि.पि.को शालिक, गणेशमानको शालिक, पुष्पलालज्युको शालिक, सहिद सेतु बि.क.को शालिक आज नेपालगन्ज उप महानगरपालिकाका मेयर प्रशान्त बिष्ट द्वारा अनावरण गरिएको छ। साथै पुर्ब प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको शालिक ट्राफिक चोक नजिकको बाटिकामा स्थापना गरिएको उक्त धालिक पनि मेयर प्रशान्त बिष्ट द्वारा अनावरण गरिएको छ।
लामो समय पछि बीरेन्द्र चोकमा राजा बीरेन्द्रको शालिक पुनर्स्थापना गर्न सम्भव भएको छ। राजा बीरेन्द्र प्रति सदभाव राख्ने सम्पुर्ण पार्टीका साथिहरु, नेपालगन्ज उप महानगरपालिका परिवार, सम्पुर्ण रास्ट्रबादीहरु, राजाबादी शक्तिहरु, देश भक्तहरु, सम्पुर्ण सन्चार जगत सबै सबै प्रति मातृभुमी नव निर्माण अभियान हार्दिक आभार ब्यक्त गर्दछ।
मातृभुमी नव निर्माण अभियानले आज बेलुकी ६.३० बजे बीरेन्द्र चोकमा राजा बीरेन्द्रको शालिक पुनर्स्थापना भएको अवशरमा दीप प्रज्वलन कार्यक्रम राखिएकोले उपस्थितिको लागि हार्दिक अनुरोध पनि गर्दछु।


