१५ श्रावण २०८३, शुक्रबार

अरबी आए , अफगानी , तुर्क, अनि मुगल सहित युरोपेली आए ! सबैले हिन्दुमाथी नै प्रहार गरे

एसीपी संवाददाता

१४ श्रावण २०८३, बिहीबार ०८:३२ मा प्रकाशित

चन्द्र हाङ्ग याक्थुङ्बा किराँत काठमाडौं –  अरबी आए।अफगानी आए।तुर्क आए।मुगल आए।युरोपेली आए।सबैले हिन्दुमाथी नै प्रहार गरे।करोडौंको नरसंहार गरियो।राज्य खोसियो।ज्ञान प्रणालीको घाँटी निमोठियो।

छुवाछुत बाहेक हिन्दु धर्म संस्कृती भित्र अरु त्यस्तो नराम्रो के छ ? इशाइ र मुस्लिमको इतिहास बिसौ करोड मानिसको रगतले लेखिएको छ।पचासौं सभ्यता र संस्कृतिको नामो निसाना मेटाएको इतिहास छ।तलबार र बन्दुकले धर्म विस्तार गरेको इतिहास छ।हिन्दुहरुको इतिहास त त्यस्तो छैन।कि छ भने त्यो इतिहास र उदाहरण कसैले मलाई देखाओस।संस्थागत धर्म र धर्मावलम्बीमा हिन्दु मात्रै सहिष्णु हुन् ।हिन्दु दर्शन मात्रै सहिष्णुतामा आधारित धर्म हो।

भारत वर्षका हिन्दुमाथी १००० वर्ष भन्दा लामो समयसम्म मुस्लिम र इशाइले थिचोमिचो गरेको इतिहास छ।हिन्दुमाथि भएको अन्याय र अत्याचारको त कसैले कुरा गर्दैन त।

जसले हिन्दुमाथी थिचोमिचो गरे उनिहरुले नै हिन्दु धर्म र हिन्दु लाई दानबिकरण गरेर अफवाह फैलाए।यो पृथ्वीमा हिन्दु धर्म र हिन्दु सबैभन्दा खराब भएको भाष्य निर्माण गरे।तयारी बुद्धिजीवी मार्फत जोडतोडले यो भाष्य लाई नेपालि र भारतिय समाजमा स्थापित गराए।

मुस्लिम हिन्दुमाथी खनिन्छ।इशाइ हिन्दु विरुद्ध खनिन्छ।बौद्ध हिन्दु विरुद्ध खनिन्छ।दलित हिन्दुमाथी खनिन्छ।आदिवासी हिन्दुमाथी खनिन्छन।कम्युनिष्ट हिन्दु विरुद्ध खनिन्छ।बुद्धिजीवी र कलाकार हिन्दु विरुद्ध खनिन्छन।महिला हिन्दु विरुद्ध खनिन्छन।मिल्ने भए पस्चिमा र तिनिहरुका गोठालाहरुले जनावर र चराचुरुङ्गीलाई पनि हिन्दु विरुद्ध खन्याउथे होला ।

हिन्दुले कहिलेसम्म सहिदिनु त ? हिजो मुस्लिम र गोरा इशाइले शासन गर्दा हिन्दुहरुसङ्ग शक्ति केन्द्र थिएन।आज उनिहरुसङ्ग आफ्नै बलियो केन्द्र छ।सबैथोक छ।

अब उनिहरुले किन सहने त ? हिन्दु विरोधिहरु चाहिँ सुध्रीनु जरुरी छ। वहाको ब्याक्तीगत बिचार हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x