११ मंसिर २०८३, बिहीबार

मानव बेचबिखन तथा ओसार पसारलाई नियन्त्रणका लागि बिद्यार्थी सक्रिय हुदै

एसीपी संवाददाता

१५ पुष २०७७, बुधबार ०९:५९ मा प्रकाशित

मानव बेचबिखन तथा ओसार पसारलाई नियन्त्रण गर्नका लागि बिद्यार्थी सक्रिय हुने भएका छन् ।

मानव बेचखबिखन तथा ओसार पसार कानूनी अपराध भएको हुँदा यसको नियन्त्रणका लागि बिद्यार्थी पनि सक्रिय हुने बताएका हुन । नियन्त्रणका लागि बिभिन्न कार्यक्रमहरु हुने गरेपनि स्थानीय स्तरमा प्रयाप्त कार्यक्रमको कमिका कारण अवस्था बिकराल बन्दै गईरहेको बिद्यार्थीको भनाई छ । माइती नेपालले मंगलबार नेपालगन्जस्थित सरस्वती माबि र युद्ध संस्कृत माबिमा बिद्यार्थीहरुसंग गरिएको व्यवसायिक वाल यौन शोषण एवं मानव बेचबिखन बिरुद्धको अभिमुखकिरणमा सहभागिले स्थानीय स्तरमा यसको थप कार्यक्रमहरु र प्रभावकारीता आवश्यक रहेकोमा जोड दिएका छन । मानव बेचबिखन तथा ओसार पसारका दलालहरु समुदायस्तर सम्म क्रीयासिल भएको हुदा यस्ता कार्यमा संलग्न दलाललाई समयमै पहिचान गर्नका लागि संयन्त्रण निर्माण गर्नुपर्ने उनीहरुले बताए । सरस्वती माबि र युद्ध संस्कृत माबिका बिद्यार्थीहरुसंग गरिएको अभिमुखिकरण कार्यक्रममा व्यवसायिक बाल यौन शोषण बिरुद्धबारे जानकारी गराईएको थियो भने समुदाय स्तरमा मानव बेचबिखन तथा ओसार पसारका लागि दलालले अपनाउने तौर तरिका, मानव बेचबिखनका प्रयोजन, कारणहरु समेतको वारेमा पारिएको थियो । अभिमुखिकरणमा मानव बेचबिखनको अवस्था, यस सम्बन्धमा बनेका नीतिनियम, कानूनको बारेमा समेत जानकारी गराइएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताउनुभयो । पुर्वान्चल बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x