१७ श्रावण २०८३, आईतवार

बाँकेमा ३८ ग्राम बढी ब्राउन सुगरसहित दम्पती पक्राउ

एसीपी संवाददाता

१८ श्रावण २०८३, सोमबार ०१:३५ मा प्रकाशित

नेपालगन्ज, १७ साउन २०८३–जिल्ला बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ कटलियाबाट ३८ ग्राम ७५० मिलिग्राम प्रतिबन्धित लागुऔषध (ब्राउन सुगर) सहित एक दम्पती पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा साउन १६ गते सुुरेश वर्माको घरमा छापा मारेको थियो। घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोपनिय सूचनाका आधारमा खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा घरधनी ३० वर्षीय सुरेश वर्मा र उनकी श्रीमती २४ वर्षीया अनिता वर्मा रहेका छन्। प्रहरीले खानतलासीको क्रममा सुरेशको साथबाट ३७ ग्राम ५५० मिलिग्राम र अनिताको साथबाट १ ग्राम २०० मिलिग्राम गरी कुल ३८ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।

त्यस्तै, प्रहरीले लागुऔषध कारोबारमा प्रयोग भएको आशंकामा UP40BPO257 नम्बरको पल्सर मोटरसाइकल र एक थान ओप्पो (Oppo) कम्पनीको मोबाइल फोनसमेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई सम्मानित बाँके जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी हाल थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x