२१ श्रावण २०८३, बिहीबार

अतीक अहमदका कान्छा छोरा अबान अहमदको सडक दुर्घटनामा निधन

एसीपी संवाददाता

२१ श्रावण २०८३, बिहीबार १३:५५ मा प्रकाशित

भारतको उत्तर प्रदेशका दिवंगत पूर्व सांसद तथा चर्चित अन्डवर्ल्ड संग सम्बन्ध राख्ने अतीक अहमदका कान्छा छोरा अबान अहमदको आज सडक दुर्घटनामा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रारम्भिक जानकारीअनुसार दुर्घटना झाँसी क्षेत्रमा भएको हो।
दुर्घटनामा अबान अहमदको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

अबान सवार गाडीमा अन्य चार जना घाइते भएका छन्। घाइतेहरूको उपचार नजिकैको अस्पतालमा भइरहेको छ।
घटनाबारे प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। अबानको असामयिक निधनसँगै अतीक अहमदको परिवार फेरि एकपटक शोकमा डुबेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x