२३ श्रावण २०८३, शनिबार

कर्णाली बैंकका प्रमुख कार्यकारी अधिकृतसहित ३ जना पक्राउ

एसीपी संवाददाता

२२ श्रावण २०८३, शुक्रबार १९:०३ मा प्रकाशित

नेपालगन्ज — जिल्ला प्रहरी कार्यालय, बाँकेले बैंकिङ कसुर मुद्दामा फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका लागि नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका जुगल किशोर कुशवाहाको जाहेरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई प्रहरीले विशेष सूचनाको आधारमा जिल्ला बाँके, नेपालगन्ज उपमहानगरपालिका-१२ बाट पक्राउ गरेको जानकारी दिएको हो ।

नेपालगन्ज १२ बाट निरज बिक्रम शाह (तत्कालीन प्रमुख कार्यकारी अधिकृत, कर्णाली डेभलपमेन्ट बैंक, हाल नेपालगन्ज उपमहानगरपालिका-१२ बस्ने , दिपा थापा त सुबेच्छा श्रेष्ठ लाई
पक्राउ गरेको र थप आवश्यक कारबाहीका लागि सम्मानित उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा बुझाइएको प्रहरी प्रेस नोट मार्फत जनाएको हो ।              

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x