३ भाद्र २०८३, बुधबार

उमा ग्राण्डनद्वारा नेपालगन्ज उद्योग वाणिज्य संघको महिला उपाध्यक्षमा उम्मेदवारी: होटल व्यवसायी संघ बाँकेको पूर्ण समर्थन

एसीपी संवाददाता

३ भाद्र २०८३, बुधबार १६:२६ मा प्रकाशित

नेपालगन्ज, भदौ ३ गते — नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि चुनावी सरगर्मी तीव्र बनेको छ। यसै क्रममा होटल व्यवसायी महासंघ नेपालकी केन्द्रीय सचिव तथा होटल व्यवसायी संघ बाँकेकी आजीवन सदस्य उमा ग्राण्डनले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

क्रम संख्या १ मा उम्मेदवारी दर्ता गराउनुभएकी ग्राण्डनको पक्षमा होटल व्यवसायी संघ बाँके, नेपालगन्ज परिवारले ऐक्यबद्धता जनाउँदै चुनावी अभियानलाई तीव्रता दिएको छ। संघले “व्यवसायी एकता, समृद्ध नेपालगन्ज” भन्ने मुख्य नाराका साथ उहाँलाई विजयी गराउन सम्पूर्ण उद्योगी, व्यवसायी र शुभेच्छुकहरूमा आधिकारिक रूपमा अपिल समेत जारी गरेको छ।

होटल तथा पर्यटन व्यवसायको विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा निजी क्षेत्रको समग्र आर्थिक विकासका लागि ग्राण्डनले लामो समयदेखि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ। उद्योग वाणिज्य संघमा महिला व्यवसायीहरूको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न र होटल, पर्यटन एवं सेवा क्षेत्रका व्यवसायीहरूको आवाजलाई नीतिगत तहमा सशक्त रूपमा प्रस्तुत गर्न उहाँको नेतृत्व आवश्यक रहेको व्यवसायीहरूको बुझाइ छ।

यही भदौ ६ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा मतदान गरी आफ्नो अमूल्य मतद्वारा उमा ग्राण्डनलाई अत्यधिक मतका साथ विजयी गराइदिन होटल व्यवसायी संघ बाँकेले आम मतदाताहरूमा हार्दिक अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x